छात्रवृत्ति तथा सहयोग सामग्री प्रदान

कास्की - अन्तर्राष्ट्रिय अपांगता दिवसका अवसरमा कास्कीको रुपा गाउँपालिकामा छात्रवृत्ति र सहयोगी सामग्री वितरण गरिएको छ ।
पोखरा–१५ नयाँ गाउँमा रहेको सगोल कास्कीले अपांगता भएका १६ छात्रा र १४ छात्रलाई झोला, कापी, कलम, विद्यालय पोशाक र फेस मास्क सहयोग प्रदान गरेको हो । सस्थाका सिबिआर अधिकृत विमला केसीले छात्रबृत्ति प्राप्त गरेका सबै विद्यार्थीलाई गाउँपालिकाको तर्फबाट पोशाक सिलाइका लागि ५०० प्रदान गरिएको बताइन् ।
त्यस्तै अपांगता भएका १५ जना नागरिकका लागि आवश्यकताअनुसारका सहयोगी सामग्री प्रदान गरिएको छ । अपांगताको प्रकृतिअनुसार ट्वाइलेट चियर, सेतोछडी, लठ्ठी र वैशाखी प्रदान गरिएको उनले जानकारी दिए ।
कार्यक्रममा रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले अपांगता भएका व्यक्तिलाई आर्थिकरुपमा सवल र आत्मनिर्भर बनाउन गाउँपालिकाले गरिरहेको प्रयासमा विभिन्न संघसंस्थाको पनि उत्तिकै सहयोग मिलेको बताए ।
गाउँपालिकाले अपांगता भएका व्यक्तिको आयआर्जनका लागि बाख्रापालन, मौरीपालन, कुखुरापालनलगायत बेलाबेलामा विभिन्न सीपमूलक तालिमसमेत आयोजना गर्दै आएको छ ।
गाउँपालिकाकी उपप्रमुख लालसुवा गुरुङले अपांगता भएका व्यक्तिका लागि छुट्टै सहकारी स्थापना गरी आर्थिक उन्नति र विकासमा ध्यान दिइएको जानकारी दिइन् ।
सो अवसरमा रुपा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष ढुङ्गानाले सार्वजनिकस्थलको भौतिक पूर्वाधार निर्माणका क्रममा अपांगमैत्री संरचना निर्माणमा गाउँपालिकाले जोड दिएको जानकारी दिए ।
रुपा अपांगता संरक्षण समितिका अध्यक्ष सन्तबहादुर भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा रुपा – ५ का वडाध्यक्ष टेकबहादुर गुरुङ, गोनेसाका प्रज्वल पङ्गेनी, रुपा गाउँपालिका सामाजिक विकास शाखाका सीता सापकोटा सुवेदी, शिक्षा शाखा प्रमुख सन्दिप पौडेल लगायतले अपांगता भएका व्यक्तिको अधिकारका लागि सरकारले ध्यान दिनुपर्छ भने । रासस

सफ्टवेरिका कलेज अफ आईटी एण्ड इकमर्समा नवप्रवर्द्धन एवं आईटी मेला

काठमाडौँ महानगरको छात्रवृत्तिका लागि १६ हजार बढी सहभागी हुने

एम्बार्क अनम्याथको “उद्यमी गणित“ कार्यक्रमः शैक्षिक गणितलाई व्यवहारिक प्रयोगमा रू…

किङ्स कलेजले साउन १०–११ गते नेपाल आन्टरप्रेनरशिप फोरमको आयोजना गर्ने

लुम्बिनी बौद्ध विश्वविद्यालयको १८ औँ सभा, ४९ करोड ५९ लाख बजेट स्वीकृत

केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्डबाट विश्व निकेतन सम्मानित

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट, एक अर्ब ५४ करोड बजेट स्वीकृत

प्रतिक्रिया