प्रदेश १ का तीन मन्त्रीले दिए राजीनामा

काठमाडौं : प्रदेश १ का तीन मन्त्रीले राजीनामा दिएका छन् । सामाजिक विकास मन्त्री जीवन घिमिरेसहित सोही मन्त्रालयका राज्यमन्त्री जसमाया गजमेर र उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासले राजीनामा दिएका हुन् ।
'वर्तमान राष्ट्रिय राजनीतिमा घटेका घटनाक्रमहरुका कारणले गर्दा वर्तमान प्रदेश सरकारको मन्त्री र राज्यमन्त्रीको जिम्मेवारीमा रही काम गर्न असमर्थ रहेकाले राजीनामा दिएका छौँ' उनीहरुले पत्रमा लेखेका छन् ।
राजीनामा दिने तीन मन्त्री नेकपाका अध्यक्ष पुष्पकमल दाहाल-माधवकुमार नेपाल समूहका हुन् । नेकपा केन्द्रको विवाद प्रदेशमा पनि देखिन थालेको छ ।

संविधानअनुसार सङ्घीयता कार्यान्वयन गरिनुपर्नेमा कार्यवाह प्रधानमन्त्री सिंहको जोड

माओवादी पार्टी एक भयोः अध्यक्ष प्रचण्ड

प्रधानमन्त्री ओली दुबईमा

प्रतिनिधिसभाको बैठक आज बस्ने

प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान

कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई

बहुविवाहलाई छुट दिने कानुन बनाइँदैछ भन्ने भ्रम मात्रैः कानुनमन्त्री चौरसिया

प्रतिक्रिया