कांग्रेस बागमती सभापतिमा प्रधान, जोशी र बानियाँको उम्मेद्वारी : आज मतदान

मकवानपुर- नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत बागमती प्रदेशमा सभापतिका लागि तीन जनाको उम्मेद्वारी परेको छ । प्रदेश राजधानी हेटौंडामा जारी अधिवेशनमा सभापतिका लागि भीमसेनदास प्रधान, गोविन्दराज जोशी र ईन्द्रबहादुर बानियाँको मनोनयन दर्ता भएको हो ।
उम्मेद्वारी दर्ता गराएका प्रधान कृष्णप्रसाद सिटौला पक्षका हुन् भने जोशी र बानियाँ सभापति शेरबहादुर देउवा पक्षका हुन् ।
प्रदेश निर्वाचन समिति बागमती प्रदेशका संयोजक केशवप्रसाद काफ्लेका अनुसार सभापतिमा आज शनिबार बिहान ९ बजेदेखि मतदान हुनेछ । प्रदेश प्रतिनिधिको रूपमा चुनिएर आएका २ हजार १३७ जना प्रतिनिधिले मत दिनेछन् । अधिवेशनबाट प्रदेश सभापति एक जना, उपसभापति दुई जना, महामन्त्री दुई जना, सहमहामन्त्री तीन जनासहित ९१ जनाको प्रदेश कार्यसमिति चयन गरिनेछ ।

पशुमा पनि बाँझोपनको समस्या बढ्यो
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

प्रतिक्रिया