सुदूरपश्चिममा ५७ पदका लागि १८८ जनाको उम्मेद्वार

कैलाली - नेपाली काँग्रेसको १४ औ महाधिवेशन अन्तर्गत पहिलो पटक हुन गइरहेको प्रदेश अधिवेशनमा सुदूरपश्चिममा ५७ पदका लागि एक सय ८८ जनाले उम्मेद्वारी दर्ता गराएका छन् ।
निर्वाचन अधिकृत वीरबहादुर जेठाराले दिएको जानकारी अनुसार शुक्रबार साझ सम्ममा ५७ पदका लागि १८८ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । निर्वाचन समितिले उम्मेदवारको मनोनयन पत्र दर्ता दिउँसो २ बजे देखि ४ बजेसम्म समय तोकेको भएपनी साझ ६ बजेसम्म उम्मेदवारी दर्ता गतिएको थियो ।
एक सभापति पदका लागि दुई जना, दुई उपसभापति पदका लागि ७ जना, दुई महामन्त्री पदका लागि ४ जना, सहमहामन्त्री २ खुलामा ७ जना र १ महिला सहमहामन्त्रीमा ४ जानाले उम्मेदबारी दर्ता गराएको निर्वाचन अधिकृत जेठाराले जानकारी दिए ।
त्यस्तै सदस्यहरुमा सबैभन्दा धेरै आकांक्षी देखिएका छन । निर्वाचन अधिकृत जेठाराका अनुसार प्रदेश सदस्य ९भुगोल जिल्ला० जिल्लाबाट ९ खुला र ९ महिला, खस आर्य खुला ६ पुरुष र ६ महिला, आदीवासी जनजातीबाट १, मधेसीबाट १ जना, दलित पुरुष २ र महिला १, थारु पुरुष २ र महिला १, मुस्लीम १ र अल्पसंख्यक वा अपाङ्गता कोटाबाट १ जना चाहिने भएका हुन् ।
मतदान शनिबार बिहान ९ बजेदेखि साझ ५ बजेसम्म हुने निर्वाचन समितिले जानकारी दिएको छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया