न्यायपालिकाको सहयोग सकारात्मक : अध्यक्ष दाहाल

चितवन - नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संसद् पुनःस्थापनका लागि न्यायपालिकाबाट सकारात्मक काम भएको बताएका छन् ।
शुक्रबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले संसद् पुनःस्थापनाका लागि न्यायपालिकाबाट सकारात्मक काम भएको र यसको गुन तिर्ने बताए ।
‘संसद् पुनःस्थापनाका लागि न्यायपालिकाबाट सकारात्मक काम भएको छ । त्यो हामीले बिर्सेका छैनौं । अहिले न्यायपालिकालाई समस्या पर्दा त्यसलाई सहयोग गर्छौं,’ उनले भने, ‘हामीले हिजो पनि सहयोग गरिहाल्यौं नि ! प्रधानन्यायाधीश अस्पतालमा बसेको समयमा कम्तीमा पनि बिदा बसेर कार्यवाहक तोक्नु राम्रो हुन्छ भनेर गठबन्धनको बैठक बसेर भनियो । त्यो पनि सहयोग नै गरेको हो ।’
फरक प्रसंगमा अध्यक्ष दाहालले सरकारले यही मंसिर २८ गतेका लागि आह्वान गरेको संसद् बैठकले आफ्ना नियमित कामलाई अघि बढाउने उनले बताए । ‘उहाँहरूले सुरूदेखि नै अवरोध गरिराख्नुभएको छ तर अधिवेशन पनि चल्यो, बजेट पनि प्रस्तुत भयो, पारित पनि भयो । त्यसैगरी चल्छ,’ एमालेले संसद् बैठक अवरूद्ध गर्ने भनेको छ नि भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘एमालेले अहिले महाधिवेशन गरेपछि सकारात्मक हुन्छ कि भनेको त्यो पनि नहुने भो भन्ने कुरा आजको वक्तव्यबाट देखियो ।’
एमालेमा आफ्नो भूमिकाबारे केन्द्रीय कमिटीले निर्णय गर्नेछः भण्डारी

सीपयुक्त युवा नै समृद्ध राष्ट्रका आधारस्तम्भ: नेता नैनसिंह महर

७८ लाख घुस काण्डमा मुछिएका मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा

विचौलियाले मन्त्रीक्वाटरमा घुसको ब्रिफकेस छाड्छन्, हामी कांग्रेस साक्षी किनाराका…

दुवै सदनको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

बालुवाटारमा प्रधानमन्त्री ओलीसहित तीन दलका शीर्ष नेताको छलफल

कमल थापाको प्रधानमन्त्री ओलीलाई कटाक्षः सुशासन,भ्रष्टाचार गर्दिन, गर्न दिन्न भन्ने…

प्रतिक्रिया