हेटौंडामा चिकित्साशास्त्रको तीन वटा कार्यक्रम सुरु

हेटौंडा - मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले हेटौंडामा चिकित्साशास्त्रको तीन वटा कार्यक्रमको सुरुआत गरेको छ । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले उक्त कार्यक्रमको शुक्तबार उद्घाटन गरेका हुन् । पचहत्तर प्रतिशत छात्रवृत्तिमा ३९ जना विद्यार्थीबाट प्रतिष्ठानले पढाइको सुरुआत गरेको जनाएको छ ।
प्रतिष्ठानको कूलपतिसमेत रहनुभएका मुख्यमन्त्री पाण्डेले हाल भाडाको घरबाट सुरु गरिएको अध्यापनलाई छिटै प्रदेश सरकारले आफ्नै संरचनामा विद्यार्थीहरुको अध्यापन कार्यक्रम अगाडि बढाउने जनाए । उनले प्रतिष्ठानले हाल स्नातकस्तरको शैक्षिक कार्यक्रमको सुरुआत गरेकोमा आगामी दिनमा स्नाकोत्तरको सुरुआत गर्ने बताए । विश्व बजारमा स्वास्थ्य जनशक्तिको ठूलो माग भइरहेको मुख्यमन्त्री पाण्डेको भनाइ छ ।
उनले अबको रोजगारी स्वास्थ्य क्षेत्रमा हुने भन्दै हालसम्म नेपालबाट अदक्ष जनशक्ति श्रमिकका रूपमा विश्व बजार गइरहेको र उनीहरुको पसिनाबाट नेपालको अर्थतन्त्र चलेको बताए । मुख्यमन्त्री पाण्डेले सामुदायिक विद्यालयबाट एसइइ उत्तीर्ण भएका र सामुदायिक क्याम्पस पढ्न चाहने छोरीलाई प्रदेश सरकारले निःशुल्क पढाउने बताए ।
प्रतिष्ठानका रेक्टर प्राध्यापक डा शतिस देवले चार वर्षमा दक्ष चिकित्सक उत्पादनमा प्रतिष्ठानको ध्यान रहने बताए । भौतिक संरचना बनेर पढाइ सुरु गर्न खोज्दा धेरै समय लाग्ने बताउँदै उनले भौतिक संरचना निर्माण अवधिसम्म प्रतिष्ठानले एक ब्याच उत्पादन गरिसक्ने जनाए । -रासस

बैतडीको शिवनाथमा मातृ तथा शिशु मृत्यु शून्य

बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो

सिन्धुली अस्पतालको 'बेड नम्बर ३३'

सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि ‘प्लेन प्याकेजिङ’मा जाने तयारी

रामपुरका सबै बालबालिकाले पूर्णखोप लगाए

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

प्रतिक्रिया