दक्षिण सुडानमा रहेका नेपाली सेनाद्वारा राहत सामग्री वितरण
काठमाडौँ - शान्ति मिसनअन्तर्गत दक्षिण सुडानमा तैनाथ नेपाली सेनाले त्यहाँका स्थानीयलाई राहत सामग्री वितरण गरेको छ । श्रीजंग गण (शान्ति सेना) एघारौं डफ्फाका फिमेल इंगेजमेन्ट टिमद्वारा लेक स्टेटस्थित मपरमा स्थानीय निकायसँग समन्वय गरी युएनएमओ तथा अन्य यूएन पार्टनरको सहकार्यमा महिला तथा विद्यालयका बालबालिकाहरूलाई लक्षित गर्दै मंलबार मेन्स्ट्रल हेल्थ केयरसम्बन्धी कक्षासमेत सञ्चालन गरेको छ ।
उक्त सचेतनामूलक कार्यक्रममा फिमेल इंगेजमेन्ट टिमद्वारा तयार पारिएको सेनिटरी प्याड वितरण गर्नुका साथै सेनिटरी प्याड एवम् तयार गर्ने विधिबारे जानकारी गराइएको छ । यूएन पार्टनरहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा सेनाले स्थानीय विद्यालयका विद्यार्थीहरूलाई स्टेशनरी सामान तथा कोभिड-१९का सुरक्षा सामग्रीहरू पनि वितरण गरेकाे छ ।
नेपाली शान्ति सैनिकहरूले द्वन्द्वग्रस्त मुलुकहरूको अतिसंवेदनशील इलाकामा तैनाथ रही आफ्नो अपरेशनल जिम्मेवारीको अलावा स्थानीय समुदायलाई लक्षित गरी सञ्चालन गरेका विभिन्न मानवीय सहयोग तथा सचेतनामूलक कार्यले स्थानीय निकाय तथा समुदाय र शान्ति सेनाबीच विश्वासको वातावरण सिर्जना भई आपसी सम्बन्ध प्रगाढ हुने नेपाली सेनाले जनाएको छ ।

'गाजामा सहायता रोकिनु अन्तर्राष्ट्रिय मानवीय कानुनविपरीत'

उत्तर कोरियाले पूर्वी जलक्षेत्रमा केही क्षेप्यास्त्र प्रक्षेपण गर्यो : दक्षिण कोरिया

एउटा यस्तो देश : जहाँ मान्छेभन्दा बढी छन् भेडा

चीनमा १४५ प्रतिशत भन्सार महसुल अहिलेलाई कायमै रहनेछ : ट्रम्प

इरानलाई हमासको अवस्थामा पुर्याउने इजरायलको चेतावनी

नयाँ पोपको अमेरिका, पेरू हुँदै भ्याटिकनसँगको यात्रा, छन् सहज र उदारवादी

विश्वविद्यालयबाट ७० भन्दा बढी प्रदर्शनकारी पक्राउ

प्रतिक्रिया