गजल गायनमा थानेश्वर गौतमका ‘यादहरू’
काठमाडौँ - थानेश्वर गौतम गजल गायनका लागि चिनिन्छन् । तर गजल शैलीकै भए पनि उनले यस्ता गीतलाई ‘क्याची’ बनाउने प्रयास गर्छन् । गजल तर स्रोतालाई रुचिकर लाग्ने शैलीमा प्रस्तुत भएको यस्तै गीत शुक्रबार सार्वजनिक भएको छ ।
थानेश्वर गौतमको एकल गायन रहेको गीतको बोल रहेको छ ‘तिम्रा यादहरू’ । गीतको संगीत पनि थानेश्वर स्वयंले दिएका हुन् । शब्द भने जीवन बिकले कोरेका हुन् । कोरसको राम्रो साथ पाएको गीतमा राजेन्द्र बाजुराली र सागर बाजुरालीले थानेश्वरको स्वरलाई सघाएका छन् । महफिल शैलीमा खिचिएको गीतको भिडियोमा थानेश्वर स्वयं पनि हार्मोनिय फिट्दै उपस्थित भएका छन् ।
त्योबाहेक भिडियोमा अलका सुवेदी, सलिना खत्री, रोशन नेपाली र सुरज पोखरेलको मुख्य अभिनय रहेको छ । दुई दर्जन हाराहारी ब्याकअप डान्सरको प्रयोग गरिएको गीतमा मानकृष्ण महर्जनको छायांकन रहेको छ भने गीतको कोरियोग्राफी तथा निर्देशन रामजी लामिछानेको रहेको छ ।

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

प्रतिक्रिया