४४ लिटर रक्तचन्दनको तेलसहित दुई जना पक्राउ

काठमाडौँ - रक्तचन्दनको तेलको अवैध कारोबार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
बुढानिलकण्ठ नगरपालिका-५ पञ्चकुमारी मन्दिर नजिकबाट ४४ लिटर रक्तचन्दनको तेल सहित दुई जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा काठमाडौं बालाजु बस्ने रामेछाप उमाकुण्ड गाउँपालिका-४ घर भएका २७ वर्षीय रामबहादुर खत्री र काठमाडौं बुढानिलकण्ठ नगरपालिका-५ बस्ने कास्की लेखनाथ घर भएका ४० वर्षीय गंगाबहादुर पुन रहेका छन् ।
रक्तचन्दनको तेल प्रतिलिटर नगद ५ लाख रुपैयाँको दरले अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुलाई आवश्यक कारवाहीको लागि वन डिभिजन कार्यालय हात्तीसार पठाइएको महाशाखाले जनाएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया