डान्सिङ मुडमा आकाश र पूजाको ‘झुम्कावाली
काठमाडौँ - म्युजिक भिडियोमा दर्शकले एकदमै रुचाएको जोडी पूजा शर्मा र आकाश श्रेष्ठको । दर्शकको यही रुचिलाई छोप्न जानेका म्युजिक भिडियो निर्देशकले बारम्बार पूजा र आकाशको जोडीलाई म्युजिक भिडियोमा प्रस्तुत गर्दै आएका छन् ।
ही क्रममा शुक्रबार दुवैको अभिनय रहेको नयाँ गीत सार्वजनिक भएको छ जहाँ पूजा र आकाश डान्सिङ मुडमा प्रस्तुत भएका छन् । ‘झुम्कावाली’ बोलको यो गीतलाई निर्देशन गरेका छन्, निकेश खड्काले । पूजा र आकाशले खुलेर नृत्य गरेको यो गीतलाई संगीत गरेका हुन् मिलन अर्यालले ।
गीतमा स्वर पनि उनकै रहेको छ तर युगल गायनमा मिलनले साथ लिएका छन् मेलिना राईलाई । बुद्ध थापाले छायांकन गरेको यो गीतमा विकास धमलाको सम्पादन रहेको छ ।

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

प्रतिक्रिया