सरकारलाई गिज्याउने लुम्बिनी प्रदेशसभा गेट अगाडिका यी दृश्य

बुटवल : प्रधानमन्त्री केपी शर्मा ओलीदेखि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल सरकारले गरेको महत्वपुर्ण काममध्यको एक हो सडक मानवमुक्त शहर निमार्ण । अर्थात वेसाहरा भएर कोहि पनि सडकमा बस्न नपर्ने अवस्था तर यो घोषणा नारामा सिमिति देखिन्छ । लुम्बिनी प्रदेशको मुकाम बुटवल शहरका सडकहरुमा बेसाहाराहरु यत्रतत्र देखिन्छन् । पुस महिनाको चिसो सडकमा रात काट्ने ति बेसाहाराहरु सरकारले घोषणा गरेको मानवमुक्त शहरभित्रै रहेका छन् । तर उनीहरुले चिसो सडकमा तातो गाँस र सुरक्षित बासको आशा गरेका छन् ।
तस्बिरमा पनि देखिन्छ कि लुम्बिनी प्रदेश सभाको मुख्य गेट अगाडि नै उनीहरुले रात काट्न बाध्य भएका छन् । संघ र प्रदेश सरकारको मात्र होइन यस्तो कर्णप्रिय नारा स्थानीय सरकारले पनि पटक-पटक घन्काउने गरेको छ । बुटवल उपमहानगरले १ वर्ष अघि बुटवललाई सडक मानवमुक्त शहर घोषणा गरेको भन्दै ठुलो सभासमेत गरेको थियो ।
उपमहानगरले बुटवलमा मागेर खान नपाइने र सबै असहायलाई आश्रय प्रदान गरिने बताए पनि बुटवलमा न त मागेर खानेहरुको कमी भएको छ न सडकमा रात बिताउने मानवहरुको । उपमहानगर र मानवसेवा आश्रमका बीच सडकमा रहेका सबैलाई आश्रममा आश्रय दिने भनिएपनि उपमहानगरको नियमित अनुगमन नहुँदा बेसहाराहरुको चिल्ली हुने क्रम जारी छ । तर बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदी सडकमा भेटिका मानवहरुलाई तत्काल उद्धार गरि व्यवस्थित ढंगले राख्ने काम आफुहरुले गर्ने बताउछन् ।
लुम्बिनी प्रदेशसभा भवन अगाडि रात बिताउन बाध्य बेसाहाराहरुले सिरक डसना सेट पाएका छन् । पछिल्लो समय समाजमा देखिएको घरघरमा हामी अभियान नामको संस्थाले उनीहरुलाई सिरक डसनाको सेट उपलब्ध गराएको हो । सिरक डसना सेट वितरण गर्दै अभियानका संयोजक शिव डुम्रेले बुटवल उपमहानगरपालिका सडक मानवमुक्त रहेर पनि यसरी सडकमा रात बिताउनुपर्ने अवस्था रहनु निकै दुःखदायी भएको बताए ।
सडकको बास गरिरहेका राम नेपाली, विक्रम सुनार, मोहन खड्का र श्याम विकको परिवारलाई अभियानले सिरक डसना र खानासहितको सहयोग गरेको थियो । कोरोना माहामारी फैलिएपछि सडक अनुगमन रोकिएको छ । उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले पनि कोरोना माहामारीका कारण केहि सुस्त भएको स्वीकार गर्छन् । 'पहिलेदेखि नै रहेका बेसहारालाई संक्रमण सर्ने खतराका कारण केहि असहजता भएको हो' रेग्मीले भने । सडकमा बेसाहारा मानव देखिए सामाजिक शाखामा खबर गरिदिए उपमहानगरले उद्दार गर्ने उनले बताए ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया