बिहीबार ०८ जेठ, २०८२
Thursday, May 22, 2025

शुक्रबार देशभर थपिए २४६ संक्रमित

फाइल तस्बिर

काठमाडौँ - शुक्रबार देशभर २४६ जना कोभिड-१९ का संक्रमित थपिएका छन् । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ७ हजार ८ सय ३६ जनाको कोभिड परीक्षण गरिएको थियो ।  पीसीआर परीक्षणबाट २२३ र एन्टीजेन्ट विधिबाट २३ जनामा कोभिड पुष्‍टि भएको छ ।

२४ घण्टामा ३ सय ४७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ८ लाख ३ हजार ७ सय १६ जना संक्रमणमुक्त भइसकेका छन् । हालसम्म ११ हजार ५ सय ३५ जनाको मृत्यु भइसकेको छ । देशभर सक्रिय संक्रमित ६ हजार ९ सय २१ जना छन् ।

आईसीयूमा १ सय ७ र भेन्टीलेटरमा ३४ जना उपचाररत छन् । होम आईसोलेशनमा ६ हजार ५ सय ७९ , संस्थागत आईसोलेशनमा ३ सय ४२ र क्वारेन्टाइनमा ९८ जना छन् ।