हिमालबाट प्याराग्लाइडिङ गरिदिन प्रधानमन्त्रीसँग पूर्जाको आग्रह

काठमाडौँ- हिमाल पर्वतारोही निर्मल पुर्जा (निम्स दाई) द्वारा लिखित पुस्तक प्रधानमन्त्री शेरबहादुर दउवालाई हस्तान्तरण गरेका छन् । भेटका क्रममा उनी अभिनिति '१४ पिक्स' ले विश्वरभर सकरात्मक प्रभाव पारेको विषयमा छलफल भएको उनले ट्वीटरमा बताएका छन् ।
उनले नेपालको पर्यटनलाई कसरी प्रर्वद्धन गर्न सकिन्छ त्यस विषयमा गम्भीर वार्ता भएको पुर्जाले बताए । हिमाल आरोहण गरिसकेपछि फर्कदा प्याराग्लाइडिङको व्यवस्था मिलाइदिन प्रधानमन्त्रीसँग आग्रह गरेको उनले बताएका छन् । नेपालको साना-साना हिमालबाट प्याराग्लाइडिङ गर्न सकिने उनले आशय प्रधानमन्त्री देउवालाई व्यक्त गरे ।
पूर्जा हाल अर्जेन्टिनाको हिमाल आरोहण गर्न गएका छन् । भर्खरै उनको फिल्म नेटफिल्क्स '१४ पिक्स' सार्वजनिक भएको छ । पूर्जा (निम्सदाइ)को नेपाली डकुमेन्ट्री ‘फोर्टिन पिक्स: नथिङ इज इम्पोसिबल’ विश्वका ३१ भाषासहित नेटफ्लिक्स (ओटीटी प्लेटफर्म) बाट सोमबार विश्वभर प्रदर्शनमा आइसकेको छ ।
बोतल-अक्सिजनको सहायतामा १४ वटा ८ हजार मिटर अग्ला हिमाल आरोहण सात महिनामा सम्भव गरेका छन् । धेरैपटक झन्डै मृत्युको नजिकबाट अनुभव बटुलेका खर्चको चाँजोपाँजो मिलाउन नसक्दा रोएका पुर्जाबारे बनाइएको वृत्तचित्र विश्वका १ सय ९१ मुलुकका कम्तीमा २१ करोड नेटफिल्क्सका पेड–मेम्बर (सशुल्क सदस्य) माझ प्रदर्शन भएको छ।
It was great meeting the prime minister of Nepal @SherBDeuba . pic.twitter.com/5oY2hl0KLx
— Nirmal Purja MBE (@nimsdai) December 3, 2021

महरा प्रकरणमा जोडिएकी शाही मृत फेला

सगरमाथा आरोही प्रनानि शेर्पा बढुवाको दर्ज्यानी चिन्हद्वारा सुशोभित

विपद व्यवस्थापन न्यूनीकरण गर्न पूर्वाधार तयार भइरहेको छः मेयर महर्जन

निजामती कर्मचारीहरुको सामान्य प्रशासन मन्त्रालयमा धर्ना

शौचालयमा लडेर भारतीय पर्यटकको मृत्यु

बल्खुबाट लागुऔषधसहित ४ जना पक्राउ

एआईजी आचार्यको अवकाश

प्रतिक्रिया