बाँकेका छात्रालाई साइकल
बाँके - बाँकेको नरैनापुर गाउँपालिकाले छात्रालाई विद्यालयमा नियमितताका लागि निःशुल्क साइकल वितरण कार्यक्रम सञ्चालन गरेको छ । नरैनापुरका कक्षा ६ देखि १२ सम्म अध्ययनरत छात्रालाई निःशुल्क साइकल वितरण गरिएको छ ।
तल्लो कक्षादेखि माथिल्लोमा उक्लिँदा विद्यालय छोड्नेक्रम बढेपछि गाउँपालिकाले छात्रालाई विद्यालयसँग जोड्ने उद्देश्यले लुम्बिनी प्रदेश सरकारसँगको सहकार्यमा निःशुल्क साइकल वितरण कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताए ।
उनका अनुसार गाउँपालिकाले मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमअन्तर्गत पालिकामा रहेका तीन माध्यमिक विद्यालय र एक आधारभूत तहमा कक्षा ६ देखि १२ सम्म अध्ययन गर्दै आएका ५ सय २ छात्रालाई साइकल वितरण गरेको हो ।
नरैनापुरमा रहेका सामुदायिक विद्यालयमध्ये तीन मावि, एक आधारभूत तथा ४२ प्राविमा कक्षा ५ सम्म पढेर विद्यालय टाढा भएको बहाना बनाउँदै कक्षा छाड्ने गरेको गुनासो आएपछि गाउँपालिकाले छात्रालाई साइकल वितरण गर्न थालेको अध्यक्ष शाहको भनाइ छ ।
नरैनापुरको शैक्षिक क्षेत्रको विकासमा टेवा पुर्याउने उद्देश्यले छात्राको विद्यालयसम्म पहुँच बढाउन साइकल उपलब्ध गराइएको हो । लुम्बिनी प्रदेश सरकार र नरैनापुर गाउँपालिकाको सहकार्यमा ५० लाख रूपैयाँ बजेटमा साइकल वितरण कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिए ।

महरा प्रकरणमा जोडिएकी शाही मृत फेला

सगरमाथा आरोही प्रनानि शेर्पा बढुवाको दर्ज्यानी चिन्हद्वारा सुशोभित

विपद व्यवस्थापन न्यूनीकरण गर्न पूर्वाधार तयार भइरहेको छः मेयर महर्जन

निजामती कर्मचारीहरुको सामान्य प्रशासन मन्त्रालयमा धर्ना

शौचालयमा लडेर भारतीय पर्यटकको मृत्यु

बल्खुबाट लागुऔषधसहित ४ जना पक्राउ

एआईजी आचार्यको अवकाश

प्रतिक्रिया