विद्यालयलाई सहयोग जुटाउँदै तनहुँका पूर्वविद्यार्थी
तनहुँ - भानु नगरपालिका-१३ स्थित अरनिको माध्यमिक विद्यालयमा अध्ययरत पूर्वविद्यार्थीले विद्यालयलाई सहयोग जुटाउन कस्सिएका छन् । अंग्रेजी माध्यमबाट विद्यालय सञ्चालन गराउन आवश्यक पर्ने रकम जुटाउन उनीहरूले अभियान नै सुरू गरेका हुन् ।
अंग्रेजी माध्यममा पठनपाठनका लागि विद्यालयको आर्थिक स्रोतले नभ्याउने भएपछि सहयोग संकलन अभियान थालिएको पूर्वविद्यार्थी मञ्चका अध्यक्ष गलबहादुर गुरूङले जानकारी दिए । उनकाअनुसार मञ्चको आग्रहमा हालसम्म डेढ लाखभन्दा बढी रकम संकलन भएको छ ।
वार्षिक रूपमा एक लाख बराबरको पाठ्यपुस्तक खरिद गर्नुपर्ने र त्यसका लागि विद्यालयको आर्थिक स्रोतले नसकिने भएपछि पूर्वविद्यार्थी कोष स्थापना गरी अभियान थालिएको उनले बताए । ‘अभियानमा देश तथा विदेशबाट सहयोग जुटिरहेको छ, विद्यालयका पूर्वविद्यार्थीले पनि सहयोग गरेका छन्,’ उनले भने ।

सफ्टवेरिका कलेज अफ आईटी एण्ड इकमर्समा नवप्रवर्द्धन एवं आईटी मेला

काठमाडौँ महानगरको छात्रवृत्तिका लागि १६ हजार बढी सहभागी हुने

एम्बार्क अनम्याथको “उद्यमी गणित“ कार्यक्रमः शैक्षिक गणितलाई व्यवहारिक प्रयोगमा रू…

किङ्स कलेजले साउन १०–११ गते नेपाल आन्टरप्रेनरशिप फोरमको आयोजना गर्ने

लुम्बिनी बौद्ध विश्वविद्यालयको १८ औँ सभा, ४९ करोड ५९ लाख बजेट स्वीकृत

केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्डबाट विश्व निकेतन सम्मानित

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट, एक अर्ब ५४ करोड बजेट स्वीकृत

प्रतिक्रिया