अपांगता भएकालाई सिरक वितरण
राजविराज - अपांगता भएका ५० जनालाई राजविराजमा सिरक वितरण गरिएको छ । अपांगता भएका व्यक्तिको ३० औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा शुक्रबार (आज) सिरक वितरण गरिएको हो ।
नजिकिएको जाडोबाट जोगाउने उद्देश्यले समावेशी अपांग संघ र बौद्धिक अपांगताका अभिभावक संघले राजविराजका ५० जनालाई सिरक वितरण गरी मनाएको हो ।राजविराज नगरपालिकाको सहयोगमा समावेशी अपांग संघको कार्यालयमा भएको कार्यक्रममा राजविराजका नगर प्रमुख शम्भु यादव, उपप्रमुख साधना झा, प्रमुख प्रशासकीय अधिकृत मदनकुमार थापा र प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई दोसल्लासहित सम्मानपत्र प्रदान गरियो ।
नगर प्रमुख यादवले अपांगताको क्षेत्रमा धेरै काम गर्न नसकिएको जनाउँदै सम्बन्धित संस्थालाई योजनासहित कार्यक्रम ल्याउन आग्रह गरे । अपांग संघले योजनासहित ल्याएको कार्यक्रम आगामी वर्षको बजेटमा राख्ने यादवले प्रतिबद्धता जनाए । उपप्रमुख साधना झाले अपांगतालाई आत्मनिर्भर र सबल बनाउन विशेष योजनाको सोच रहेको बताए ।

महरा प्रकरणमा जोडिएकी शाही मृत फेला

सगरमाथा आरोही प्रनानि शेर्पा बढुवाको दर्ज्यानी चिन्हद्वारा सुशोभित

विपद व्यवस्थापन न्यूनीकरण गर्न पूर्वाधार तयार भइरहेको छः मेयर महर्जन

निजामती कर्मचारीहरुको सामान्य प्रशासन मन्त्रालयमा धर्ना

शौचालयमा लडेर भारतीय पर्यटकको मृत्यु

बल्खुबाट लागुऔषधसहित ४ जना पक्राउ

एआईजी आचार्यको अवकाश

प्रतिक्रिया