१२ पास भइन् अभिनेत्री करिष्मा

काठमाडौँ- अभिनेत्री करिश्मा मानन्धरले २.४१ जिपिए ल्याएर १२ कक्षा उत्तीर्ण भएकी छन् । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार परीक्षाको नतिजा सार्वजनिक गरेको हो । उनले दुई विषयमा ए प्लस जिपिए ल्याएकी छन् । परीक्षा बोर्डले गत भदौ–असोजमा सञ्चालन भएको परीक्षाको नतिजा शुक्रबार बिहानै सार्वजनिक गरेको हो ।
बाल्यकालमै फिल्ममा अभिनय गर्न थालेपछि करिष्माको पढाइ छुटेको थियो । उनले ५ वर्षअघि अचानक कक्षा ८ मा पढ्ने निर्णय गरेर पढाइलाई निरन्तरता दिने घोषणा गरेकी थिइन् । त्यसयता निरन्तर पढिरहेकी करिष्माले १२ को परीक्षा सकिएको दिन नै स्तानक पनि पढ्ने चाहाना रहेको बताएकी थिइन् । शुक्रबार नै सार्वजनिक भएको परिणामअनुसार गायिका रचना रिमालले पनि १२ कक्षा उत्तिर्ण गरेकी हुन् ।
‘म दुईवटा विषयमा ए प्लस ल्याएर पास भएँ’, उनले भनिन्, ‘तर, समग्रमा मेरो २.४१ जीपीए आएको छ ।’ गोदावरीस्थित किटनी कलेजबाट कक्षा १२ उत्तीर्ण गरेकी उनी अब ग्रामीण विकास विषय लिएर स्नातक अध्ययन गर्ने तयारीमा रहेको बताइन् ।
‘म अब ग्रामीण विकास लिएर पढ्ने इच्छा छ’, उनले भनिन्, ‘यही कलेज (किटनी कलेज)मा ग्रामीण विकास छ कि छैन । बुझ्नुपर्नेछ ।’ किटनी कलेजमा ग्रामीण विकास विषय नभएमा उनले कलेज परिवर्तन गर्ने जानकारी दिइन् ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया