तिलोत्तमालाई दिगो बालमैत्री नगर बनाउन योजना निर्माण

रुपन्देही - रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई बालमैत्री बनाउन योजना निर्माण गरिएको छ । तिलोत्तमालाई यही मंसिर २९ गते बालमैत्री नगरपालिका घोषणा गर्ने गरी आवश्यक सूचक पूरा गराउन विभिन्न अभियानात्मक कार्यक्रम सञ्चालन गरिएको छ ।
बालमैत्री स्थानीय शासनका सूचकको अन्तिम अवस्था मापन, स्थितिपत्र तयारी तथा घोषणापश्चात् दिगोपनका लागि सरोकारवालाको सहभागितामा रणनीतिक योजना निर्माण गरिएको हो । त्यसक्रममा जनप्रतिनिधि, कर्मचारी, विद्यालयका प्रधानाध्यापक, बाल क्लब, विभिन्न संघ-संस्था, टोल विकास संस्था, सरकारी तथा गैरसरकारी सेवा प्रदायक निकायलगायत सरोकारवालाले दिएका शुभकामनाका आधारमा रणनीतिक योजना निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।
त्यसक्रममा राष्ट्रिय प्रशिक्षक विष्णु चौबेले नगरवासीको सामूहिक पहलले तिलोत्तमा बालमैत्री नगर घोषणा हुन लागेको बताए । नगर प्रमुख वासुदेव घिमिरेले बालमैत्री नगर बनाउने अभियानमा सबै मिलेर जुट्न आग्रह गर्दै यसको दिगोपनको लागि सबै प्रतिबद्ध हुनुपर्ने उल्लेख गरे ।

महरा प्रकरणमा जोडिएकी शाही मृत फेला

सगरमाथा आरोही प्रनानि शेर्पा बढुवाको दर्ज्यानी चिन्हद्वारा सुशोभित

विपद व्यवस्थापन न्यूनीकरण गर्न पूर्वाधार तयार भइरहेको छः मेयर महर्जन

निजामती कर्मचारीहरुको सामान्य प्रशासन मन्त्रालयमा धर्ना

शौचालयमा लडेर भारतीय पर्यटकको मृत्यु

बल्खुबाट लागुऔषधसहित ४ जना पक्राउ

एआईजी आचार्यको अवकाश

प्रतिक्रिया