टोखामा ‘मेयर दीर्घायु’ कार्यक्रम

टोखा - टोखा नगरपालिकाले स्वस्थ नगर, टोखा नगर निर्माण गर्नका लागि ‘मेयर दीर्घायु’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगरक्षेत्रका बासिन्दालाई स्वस्थ्य राख्ने उद्देश्यले ‘मेयर दीर्घायु’ कार्यक्रम सञ्चालन गर्न लागिएको हो । नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाले आफ्नो नगरमा रहेका अशक्त (५० वर्ष माथिका) अपांगता भएका, घाइते, द्वन्द्वपीडित, असहाय, लोपोन्मुख, अतिविपन्न, महिला तथा अल्पसङ्ख्यक समुदायलाई लक्षित गरी ‘मेयर दीर्घायु’ कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिए ।
उक्त कार्यक्रममा टोखा नगरपालिकाभित्र बसोबास गरेको वा नगरभित्र व्यवसाय वा अन्य माध्यमबाट कर तिरेको प्रमाण भएको वा अतिविपन्न समुदायको प्रमाणित परिचयपत्र वा अपांगतासम्बन्धी परिचयपत्र भएको व्यक्ति सहभागी हुन पाउने अधिकारीले बताए ।
कार्यक्रम यही मंसिर २५ गतेदेखि चण्डेश्वरी स्वास्थ्य केन्द्रमा सञ्चालन गरिने छ । प्रत्येक हप्ता ९० जनालाई प्रदान गरिने उक्त कार्यक्रममा नगरपालिकाभित्रका झण्डै एक हजारको निःशुल्क स्वास्थ्य परीक्षण गरिने नगरप्रमुख अधिकारीले जानकारी दिए । कार्यक्रममा सहभागी हुन हरेक वडाबाट ७० जनाको नाम सिफारिस गर्न पाइने सो नगरपालिकाले जनाएको छ । उक्त कार्यक्रम सञ्चालनका लागि टोखाले वजेट विनियोजन गर्नुका साथै कार्यविधिसमेत तयार गरी कार्यान्वयन प्रक्रिया थालेको छ ।

महरा प्रकरणमा जोडिएकी शाही मृत फेला

सगरमाथा आरोही प्रनानि शेर्पा बढुवाको दर्ज्यानी चिन्हद्वारा सुशोभित

विपद व्यवस्थापन न्यूनीकरण गर्न पूर्वाधार तयार भइरहेको छः मेयर महर्जन

निजामती कर्मचारीहरुको सामान्य प्रशासन मन्त्रालयमा धर्ना

शौचालयमा लडेर भारतीय पर्यटकको मृत्यु

बल्खुबाट लागुऔषधसहित ४ जना पक्राउ

एआईजी आचार्यको अवकाश

प्रतिक्रिया