एन्डरसनको ‘लिकोराइज पिज्जा’ यो वर्षको उत्कृष्ट फिल्म

लसएन्जल्स - वर्ष सकिन लाग्दा हलिउडमा अवार्डको सिलसिला सुरु भएको छ । यही क्रममा नेसनल बोर्ड अफ रिभ्युले वर्षका उत्कृष्ट फिल्मसँगै विभिन्न विधामा विजेता छनोट गरेको छ । सन् १९०५ मा स्थापना भएको बोर्डले २ सय ५० फिल्मकर्मीको मतका आधारमा वर्षभरी रिलिज भएका फिल्मबाट उत्कृष्ट फिल्म, कलाकार र प्राविधिक छान्ने गरेको छ । बोर्डले विदेशी भाषामा बनेका फिल्ममध्येबाट पनि एक उत्कृष्ट फिल्म छान्ने गरेको छ ।
नेसनल बोर्ड अफ रिभ्युले जनाएअनुसार यो सालको उत्कृष्ट फिल्मका लागि पल थोमस एन्डरसनको ‘कमिङ अफ एज ड्रामा’लाई छानिएको छ । फिल्मका निर्देशक पल उत्कृष्ट निर्देशकको दौडमा अब्बल ठहरिएका छन् । फिल्मले थप एक विधामा पनि अवार्ड जितेको हो । बोर्डका अनुसार वर्षभरीका फिल्ममध्ये अविश्सनीय अभिनय कौसल प्रस्तुत गरेवापत यही फिल्मका अलान ह्याम र कुपर होफमेनलाई ‘ब्रेकथ्रु परफर्मेन्स’ अवार्ड प्रदान गरिएको हो ।
यही डिसेम्बरको २५ तारिखमा विश्वव्यापी प्रदर्शन थाल्न लागेको फिल्मलाई यो जितले अस्कर क्याम्पेनिङका लागि सजिलो हुने विश्वास गरिएको छ । यसअघि पनि बोर्डको निर्णायकबाट उत्कृष्ट फिल्मको अवार्ड पाउने फिल्मले अस्करमा मनोनयन पाउनुका साथै उत्कृष्ट फिल्मको अवार्ड पनि जितेका छन् ।
जनवरीमा एक समारोहबीच प्रदान गरिने अवार्डमा अभिनेता र अभिनेत्रीको अवार्ड भने क्रमशः विल स्मिथ र राचेल जेगलरले जितेका छन् । विल ऐतिहासिक फिल्म ‘किंग रिचार्ड’को शीर्ष भूमिकाका लागि उत्कृष्ट ठहरिएका हुन् भने ‘वेस्ट साइड स्टोरी’बाट डेब्यु गरेकी राचेलले अभिनेत्रीतर्फको विधामा निर्णायकको प्रिय बनेकी हुन् ।
लेखन विधातर्फका दुई पुरस्कार भने कोयन ब्रदर्स र असगर फरहादीले जिते ।
कोयन ब्रदर्सले ‘दि ट्रेजेडी अफ मेकबेथ’ फिल्मका लागि एडप्टेड स्क्रिनप्लेको अवार्ड जिते भने फरहादीले ‘अ हिरो’ फिल्मका लागि मौलिक पटकथा लेखनतर्फको अवार्ड जिते । इरानियन निर्देशक फरहादीले यही फिल्मबाट उत्कृष्ट विदेशी फिल्मको अवार्ड पनि जिते ।
विजेता फिल्मको सूची यस प्रकार रहेको छ -
Best Film: “Licorice Pizza” (MGM/United Artists Releasing)
Best Director: Paul Thomas Anderson, “Licorice Pizza” (MGM/United Artists Releasing)
Best Actor: Will Smith, “King Richard” (Warner Bros)
Best Actress: Rachel Zegler, “West Side Story” (20th Century Studios)
Best Supporting Actor: Ciarán Hinds, “Belfast” (Focus Features)
Best Supporting Actress: Aunjanue Ellis, “King Richard” (Warner Bros)
Best Adapted Screenplay: Joel Coen, “The Tragedy of Macbeth” (Apple Original Films/A24)
Best Original Screenplay: Asghar Farhadi, “A Hero” (Amazon Studios)
Breakthrough Performance: Alana Haim and Cooper Hoffman, “Licorice Pizza” (MGM/United Artists Releasing)
Best Directorial Debut: Michael Sarnoski, “Pig” (Neon)
Best Animated Feature: “Encanto” (Walt Disney Pictures)
Best Foreign Language Film: “A Hero” (Amazon Studios) – Iran
Best Documentary: “Summer of Soul (…Or, When the Revolution Could Not Be Televised)” (Searchlight Pictures)
NBR Freedom of Expression Award: “Flee” (Neon & Participant)
Best Ensemble: “The Harder They Fall” (Netflix)
Outstanding Achievement in Cinematography: Bruno Delbonnel, “The Tragedy of Macbeth” (Apple Original Films/A24)

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया