माथिल्लो मुस्ताङमा यो वर्षकै पहिलो हिमपात (फोटो फिचर)

काठमाडौँ – माथिल्लो मुस्ताङमा आज बिहानैदेखि हिउँ पर्न थालेकोछ । जिल्लाको लोमान्थाङ गाउँपालिकामा यो वर्षकै पहिलो पटक हिउँ परेको स्थानीय पेमा गुरुङले इकागजलाई जानकारी दिइन् । हिमपात भएसँगै माथिल्लो मुस्ताङमा चिसो बढेको छ । जनजीवन पनि प्रभावित भएको छ । डाँडाहरूमा बाक्लो हिउँ जमेको छ ।
खासगरी लोमान्थाङका स्थानीयले चौँरी, च्यांग्रा आदीको गोठ राखेको क्षेत्र (लोमान्थाङ गाउँभन्दा केही पर)मा बाक्लो हिउँ परेको छ । यसवर्ष छिटै हिउँ परेकोले स्थानीयले गोठहरु गाउँभन्दा तलको क्षेत्रमा सार्न नभ्याएको पेमाको भनाइ छ । हिउँदयाममा माथिल्लो मुस्ताङका स्थानीयहरू भने चिसो छल्न पोखरा, काठमाडौँलगायतका ठाउँमा झर्छन् । केहीले भने घुम्ति व्यापारसमेत गर्छन् र फागुनमा गाउँ फिर्ता हुन्छन् ।
सबै फोटोहरू पेमा गुरुङ

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार

नारायणहिटी संग्रहालय खाली गर भन्दै राजावादीले गरे प्रदर्शन( फोटो फिचर )

आहा ! सैलुङ डाँडाबाट देखिएका हिमश्रृंखलाहरू ( फोटो फिचर)

छहरेधन्सारको लोपोन्मुख पानीघट्ट, बाध्यताले नभइँ रहरले पुग्छन् स्थानीय

प्रतिक्रिया