अस्ट्रियाका पूर्वचान्सलर क्रुजले लिए राजनीतिबाट सन्यास

काठमाडौँ - अस्ट्रियाका पूर्वचान्सलर सिबास्टियन क्रुजले राजनीतिबाट सन्यास लिने घोषाणा गरेका छन् । चान्सलरबाट राजीनामा दिएको केही सातापछि क्रुजले राजनीतिबाट पनि सन्यास लिने घोषणाा गरेका हुन् ।
भ्रष्टाचारको अआरोप लागेपछि क्रुजले एक महिनाअघि पदबाट राजीनामा दिएका थिए । 'यो समयका लागि म निकै आभारी छु, हाम्रो सुन्दर अस्ट्रियालाई उचित दिशातर्फ लैजान मैले पनि केही योगदान दिएको छु,' उनले भने ।
जीवनको नयाँ अध्याय सुरु भएको बताउँदै नेतृत्व हस्तान्तरण गरेको उनले बताए । आफू योगी वा अपराधी दुबै नभएको बताउँदै चान्सलर हुँदा विरोधीले धेरै आलोचना गरेको उनले गुनासो गरे ।
३५ वर्षीय क्रुज युरोपकै कान्छो नेता मात्र भएका थिएनन्, विश्वमै सबैभन्दा कम उमेरमा राष्ट्रप्रमुख हुने पहिलो व्यक्ति बनेका थिए । उनी सन् २०१७ देखि नै अस्ट्रियाको राजनीतिको प्रभावशाली र विभाजनकारी पात्र बनेका थिए ।
राजनीतिबाट सन्यास लिने उनको घोषणाले त्यहाँको पिपुल्स पार्टी अलमलमा परेको छ । पूर्वउपचान्सलर वेर्नर कोग्लरले क्रुजको निर्णयको स्वागत गरेका छन् । एजेन्सी

इरानमाथि इजरायलको हमला : उत्तरी इरानमा नौ जनाको मृत्यु, ३३ जना घाइते

इरानसँग युद्धविराम गर्न किन सहमत भयो इजरायल ?

इरानले पनि हान्यो इजरायलमा मिसाइल
युद्धविराम भएको अमेरिकाको दाबीपछि इजरायलले फेरि गर्यो इरानमा हमला

राष्ट्रपति ट्रम्पद्वारा इजरायल र इरानबीच युद्धविरामको घोषणा
इरानद्वारा कतारस्थित अमेरिकी सैन्य अड्डामा इरानी मिसाइल प्रहार, क्षति नभएको पु…

प्रतिक्रिया