बिहीबार ०८ जेठ, २०८२
Thursday, May 22, 2025

बेइजिङमा एक करोड बढीले लगाए कोभिडको बुस्टर डोज

बेइजिङ- शुक्रबार बिहान १० बजेसम्म चीनको राजधानीमा एक करोडभन्दा बढी मानिसले कोभिड-१९ को बुस्टर डोज लिएको स्थानीय स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।

सोही अवधिमा बेइजिङमा कोभिड-१९ खोपको कुल ५२.६ मिलियन डोज लगाइएको थियो । शहरमा  खोप लिनेहरू मध्ये करिब ३० लाख ६० वर्ष वा सोभन्दा माथिका छन् । तीमध्ये पनि करिब १६०,००० खोप लिनेहरू ८० वर्ष वा सोभन्दा माथिका छन् ।

हालसम्म बेइजिङमा दुई करोडभन्दा बढी मानिसहरूले कम्तिमा एक डोज खोप लगाइसकेका छन् । (सिन्ह्वा)