बिहीबार ०८ जेठ, २०८२
Thursday, May 22, 2025

भारतमा कोरोना सङ्क्रमतिको सङ्ख्या तीन करोड ४६ लाख नाघ्‍यो

भारत- भारतमा हिजो बुधबार नौ हजार ७६५ जनामा कोरोना सङ्क्रमण देखा परेपछि कोरोनाको कूल सङ्क्रमितको सङ्ख्या तीन करोड ४६ लाख ६ हजार ५४१ पुगेको केन्दीय स्वास्थ्य मन्त्रालयले  बिहीबार जानकारी दिएको छ ।  

बुधबार कोरोना सङ्क्रमणबाट ४७७ जनाको मृत्यु भएपछि कूल मृतकको सङ्ख्या चार लाख ६९ हजार ७२४ पुगेको छ । भारतमा अझै पनि ९९ हजार ७६३ जना सक्रिय सङ्क्रमित रहेका पनि समाचारमा जनाइएको छ । 

गएको २४ घण्टामा भारतमा  आठ हजार ५४८ जना कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना शुरु भएयता हालसम्म तीन करोड ४० लाख ३७ हजार ५४ जनालाई कोरोनाको सङ्क्रमण निको भएका छन् । (सिन्ह्वा)