शनिबार ०३ साउन, २०८२
Saturday, July 19, 2025

स्वचालित मूल्य समायोजनको विकल्प छैन

फाइल फोटो

काठमाडौँ - संसदीय समितिलाई नेपाल आयल निगमको भविष्य र स्थिरतासँग जोडिएकाले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य समायोजनको विकल्प नरहेको जानकारी दिइएको छ । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङकन समितिको आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले पछिल्लो तीन महिनामा निगम ठूलो नोक्सानीमा रहेकाले  मूल्य समायोजनको विकल्प नरहेको जानकारी दिए ।

समितिले स्वचालित मूल्य प्रणालीका गुण र दोष, निगमको घाटा–नाफा, मौज्दात अवस्था तथा गएको एक वर्षमा पेट्रोलियम पदार्थमा कति प्रतिशत मूल्य वृद्धि भयो भन्नेबारे मन्त्रालय र निगम पदाधिकारीसँग जानकारी माग गरेको हो ।

उनले मुलुकको पेट्रोलियम नीति, ब्यापार घाटा न्यून गर्न आयात व्यवस्थापन र निर्यात प्रवद्र्धनको पक्षलाई हेक्का गर्दै चुहावट नियन्त्रणका लागि मन्त्रालय क्रियाशील रहेको बताए । बैठकमा सदस्यले अन्तर्राष्ट्रिय बजारमा आएको मूल्य वृद्धि, गएको तीन वर्षमा मूल्य निर्धारणका आधारभूत अवस्था, पेट्रोलियम पदार्थ बिक्री गर्दा जनताबाट कुन शीर्षकमा कति शुल्क लिने गरिएको तथा मूल्य वृद्धि गर्न केले असर पार्छ भन्ने लगायतका विषयमा जिज्ञासा राखेका थिए ।

निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले अन्तर्राष्ट्रिय बजार मूल्य, जनताको अवस्था, निगमको घाटा र मूल्य वृद्धिको पक्षलाई विश्लेषण गरेर मूल्य निर्धारण गरिएको जानकारी दिए । उनले भने, “हामीले विभिन्न तह र तप्कालाई बुझाउँदै हिँडेका छौँ । अहिलेको विषय भनेको निगमको स्थिरता अर्थात निगम बच्ने कि नबच्ने, अघि बढ्ने कि नबढ्ने भन्ने हो, खाना पकाउने ग्यासमा मात्र दैनिक साढे सात करोड नोक्सानी खाएर कुनै स्रोतको सुनिश्चितता नभई अघि बढ्न खोज्दा निगम चल्न सक्छ र ?’

बैठकमा निगम पदाधिकारीसँग पेट्रोलियम पदार्थमा कालाबजारी, एकाधिकार, कृत्रिम अभाव सिर्जना गर्ने के कति सङ्ख्यामा कारबाही भएका छन् भनी प्रश्न  सोधिएको थियो । अघिल्लो आर्थिक वर्षमा एक वर्षमा १५ पटक मूल्य समायोजन भएको उदाहरण प्रस्तुत गर्दै तेलमा राजनीति नगर्न आग्रह गरियो ।

भारतीय आयल निगम कर्पोरेशनबाट पेट्रोल, डिजेल, र हवाई इन्धनको हरेक १५ दिन तथा मट्टितेल र एलपी ग्यासको ३० दिनको बजारको औसत मूल्य प्राप्त गर्दै आएको छ । सो मूल्यमा भन्सार शुल्क, सडक मर्मत शुल्क, पूर्वाधार विकास कर, मूल्य अभिवृद्धिकर, अन्य विभन्न शीर्षकका कर तथा शुल्क, ढुवानी, बीमा, प्रविधि नोक्सानी, प्रशासकीय खर्च र डिलर्स कमिसन खर्च जोडेर पेट्रोल पम्प तथा विक्रीस्थलको मूल्य निर्धारण हुने बैठकमा जानकारी दिइयो ।

अहिलेका हिसाबले वार्षिक ४० अर्ब निगमले घाटा व्यहोर्नुपर्ने अवस्था पनि जानकारी गराइयो । अघिल्लो वर्ष तीन अर्ब कमाएको निगमले गत चार महिनामा करिब १४ अर्ब नोक्सानी व्यहोर्नु परेको जानकारी दिइयो । मुलुकमा पेट्रोलियम पदार्थको ट्याङकीको भण्डारण क्षमता ६८ हजार १६४ के।एल रहेको सो अवसरमा जानकारी दिइयो ।

डेढ वर्षअघि सरकारले पेट्रोल र डिजेलमा रु १० प्रतिलिटर भन्सार शुल्कमा तथा रु ५ प्रतिलिटरर पूर्वाधार विकास करमा वृद्धि गरेको थियो । समिति सभापति निरादेवी जैरुले पेट्रोलियम पदार्थको मूल्य वृद्धिले जनताको भान्सा महँगीएको भई जीवन यापनमै कठिनाइ हुने भएकाले जनताका हितका आधारमा निर्णय गर्न मन्त्रालय र निगम पदाधिकारीलाई सुझाव दिए । रासस 
 

विराटनगर किङ्सद्वारा भी–चित्रलाई आधिकारिक मार्केटिङ एजेन्सीको रूपमा नियुक्त

विराटनगर किङ्सद्वारा भी–चित्रलाई आधिकारिक मार्केटिङ एजेन्सीको रूपमा नियुक्त

दराजद्वारा सगरमाथा जत्तिकै उच्च बचत प्रदान गर्ने 'महाबचत बजार' सेलको घोषणा

दराजद्वारा सगरमाथा जत्तिकै उच्च बचत प्रदान गर्ने 'महाबचत बजार' सेलको घोषणा

मंगलम इन्डष्ट्रिजलाई अवसर इक्वीटी डाइभर्सिफाइड फण्डको रणनीतिक लगानी

मंगलम इन्डष्ट्रिजलाई अवसर इक्वीटी डाइभर्सिफाइड फण्डको रणनीतिक लगानी

रिलायन्स र चौधरी ग्रुपको सहकार्यमा नेपालमा  क्याम्पा कोला उत्पादन

रिलायन्स र चौधरी ग्रुपको सहकार्यमा नेपालमा  क्याम्पा कोला उत्पादन

इनड्राइभले काठमाडौँमा ‘ड्राइभर्स मिट एण्ड ग्रिट‘ आयोजना गर्यो

इनड्राइभले काठमाडौँमा ‘ड्राइभर्स मिट एण्ड ग्रिट‘ आयोजना गर्यो

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्रवेश

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्…

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फाइदा

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फा…