पोखरामा सञ्चालन हुँदै केबलकार

पोखरा – पोखरामा पाँच वर्षअघि निमार्ण थालिएको केबलकारको परीक्षण गरिएको छ । पोखरा महानगरापालिका–१८ लेकसाइडस्थित सेतीबाट सरांकेट जान आउने केबलकारको बुधबार परीक्षण गरिएको कम्पनीका निर्देशक तीर्थराज त्रिपाठीले जानकारी दिए ।
त्रिपाठीकाअनुसार अन्नपूर्ण केबलकार प्रालिले बनाएको यो केबलकार परीक्षणका लागि जापानबाट सात जना प्राविधिकको टोली पोखरा आएको हो । दुई हजार ४ सय मिटर लामो यो केबलकारका १३ टावर छन् । यो केबलकारमा १८ वटा डिब्बा छन् । एकमा भने सामान राख्न प्रयोग गरिनेछ । प्रतिडिब्बामा आठ जनाको सिट क्षमता रहने जनाइएको छ । टोलीले सबै प्राविधिक पक्ष सफल भएको जनाएको छ ।
करिब साढे दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिए पनि काेभिडका कारण निर्धारित समयभन्दा बढी लागेको त्रिपाठीले बताए । ‘हामीले साढे दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य राखेका थियौं तर काेभिडले गर्दा समय पनि लम्बियो र लागत पनि बढी देखियो,’ उनले भने ।उनले योजनाको प्रारम्भिक खाकामा करिब एक अर्ब रूपैयाँमा योजना सम्पन्न लक्ष्य लिए पनि निर्माण अघि बढ्दै जाँदा पूर्वाधारलगायतका जमिन थपिँदै गएपछि लागत बढी लागेको बताए ।

‘अन्नपूर्ण आरोहणको हीरक महोत्सव’

चिया निर्यात ४६ प्रतिशतले वृद्धि

कृषिमा डिजिटल हस्तक्षेपः ‘कनेक्ट किसान’ एपमार्फत प्रविधिको सहारामा समाधानको य…

लोडसेडिङ हल्ला मात्रै, आजबाट भारतलाई ७३१ मेगावाट बिधुत निर्यात सुरु

थाइल्यान्डमा खुल्यो दुई लाख उत्पादन क्षमता भएको चांगानको इभी प्लान्ट

अर्थमन्त्री पौडेल र नवनियुक्त गभर्नर पौडेलबीच भेटवार्ता
नवनियुक्त गभर्नर पौडेलले लिए शपथ

प्रतिक्रिया