पूर्वाग्रहका कारण विश्वविद्यालयलाई अनुमति दिइएन : अध्यक्ष बिजुक्छे

भक्तपुर - नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले पूर्वाग्रही सोचकै कारण भक्तपुर नगरपालिकाले ख्वप विश्वविद्यालय सञ्चालन गर्ने स्वीकृति नपाएको बताएका छन् । भक्तपुर नगरपालिकाले वडा नम्बर ७ हनुमानघाटस्थित छिपा ताँको पूर्वतिर निर्माण गरिएको मौलिक शैलीको खोह्र दीप ध्वाखा र छिपा ताँको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
१० वर्षदेखि भौतिक संरचना र अरू सबै प्रावधान पूरा गरेर स्वीकृति माग गर्दा पनि सत्तामा रहेका दलहरूले पूर्वाग्रह राखेर ख्वप विश्वविद्यालय सञ्चालनको अनुमति नदिएको उनले बताए । बिजुक्छेले जनताको सहयोगबाट निर्मित खोह्र दीप ध्वाखा मौलिक, कलात्मक र निकै आकर्षक भएकोे चर्चा गर्दै सम्पदा संरक्षणमा भक्तपुरका जनताको अपनत्व र समर्पणभावको उच्च प्रशंसा गरे ।
छिपा ताँसँगै रहेको उपचार पोखरीलाई पुनर्जीवन दिनुपर्नेतर्फ ध्यानाकर्षण गराउँदै अध्यक्ष बिजुक्छेले भक्तपुर नगरपालिकाले आफ्ना विकास निर्माणका सम्पूर्ण गतिविधि गुणस्तरीय ढंगले उपभोक्ता समितिमार्फत गरिरहेकामा उपभोक्ता समिति खारेज गर्ने सरकारको निर्णय निर्माण व्यवसायी पोस्ने र जनताको भावनाविपरीत भएको आरोप लगाए ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उपभोक्ता समितिमार्फत गरिने विकास निर्माणको भौतिक संरचना बलियो हुने, स्थानीय जनताको अपनत्व रहने, स्थानीय जनताले स्वयंसेवी रूपमा श्रमदान गर्ने र कम लागतमा गुणस्तरीय निर्माण हुने बताए । स्थानीय सीप, प्रविधि र परम्परागत निर्माण सामग्री प्रयोग गरी निर्माण गरिएका पाँचतले मन्दिर, भैरवनाथ मन्दिरलगायतका सम्पदा ठूल्ठूला भूकम्पबाट पनि जोगिएको भन्दै उनले अहिले भएका निर्माण पनि वर्षौँवर्ष टिक्ने गरी गुणस्तरीय निर्माणमा नगरपालिकाले जोड दिँदै आइरहेको बताए ।

महरा प्रकरणमा जोडिएकी शाही मृत फेला

सगरमाथा आरोही प्रनानि शेर्पा बढुवाको दर्ज्यानी चिन्हद्वारा सुशोभित

विपद व्यवस्थापन न्यूनीकरण गर्न पूर्वाधार तयार भइरहेको छः मेयर महर्जन

निजामती कर्मचारीहरुको सामान्य प्रशासन मन्त्रालयमा धर्ना

शौचालयमा लडेर भारतीय पर्यटकको मृत्यु

बल्खुबाट लागुऔषधसहित ४ जना पक्राउ

एआईजी आचार्यको अवकाश

प्रतिक्रिया