नाडाको इतिहासमै महिलासहित समावेशी प्यानल बनाएको छु : ध्रुव थापा

काठमाडौँ – नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) का अध्यक्ष पदका दाबेदार ध्रुव थापाले विभिन्न क्षेत्रका अटोमोबाइल्स व्यवसायीहरूसँग बिहीबार छलफल गरेका छन् । छलफलमा थापाले आफ्नो टीम सदस्यहरूको परिचय र व्यवसायिक क्षमतामािथ प्रकाश पार्दै आफ्ने टीमको प्रतिबद्धतासमेत सार्वजनिक गरेका छन् ।
थापाले अमरज्योति रञ्जित, बीएन पाठक, दीपेन्द्रकुमार मिश्र, नवराज भुसाल, नारायणप्रसाद पौडेल (राजन), प्रदीपमान प्रधान, प्रकाश सिग्देल, रिद्धि कार्की, सगुन बीएस कंसाकार, सज्जयकुमार खेतान लगायतलाई समेटेर समावेशी समूह निर्माण गरेको दाबी गरेका छन् । ‘नाडाको इतिहासमै महिलासहित यस्तो समावेशी प्यानल पहिलो पटक बनेको हो,’ थापाले आफ्नो टीमको प्रतिबद्धता सुनाउँदै भने, ‘प्रदेशस्तरीय संरचनालाई अधिकार दिने, व्यवसायमैत्री वातावरण निमार्ण गर्न पहल गर्ने, नाडालाई अझ बलियो बनाउन विज्ञ टोलीको निर्माण गरी सरकारसँग प्रत्यक्ष र प्रभावकारी छलफल गर्ने हाम्रो प्रतिबद्धता छ ।’
आगामी दिनमा नाडाले आफ्नै भवन निर्माण गरेर काम गर्ने वातावरण सृजना गर्न भवन निर्माणको लागि पहल कदमी चाल्ने साथै नीतिगत योजना, सचिवालय सुधार कार्य, नाडा अटो शो कार्यविधि र प्याटेन्ट दर्ता, डाटा हव निमार्ण कार्य अघि बढाउने, सामाजिक उत्तरदायित्व विस्तार गर्ने पनि उनले बताए ।
नाडाका वर्तमान सदस्य तथा थापा प्यानलबाट उम्मेदवार रहेका कपिल शिवाकोटीले सञ्चालन गरेको कार्यक्रममा नाडाको नयाँ निर्वाचनमा सवल नेतृत्व चयनको खाँचो रहेको बताए । थापाको प्यानलमा वर्तमान कार्यसमितिका आकाश गोल्छा, निराकार श्रेष्ठ, दीपक अग्रवाल, कपिल शिवाकोटी र शुभाशिष थपलिया छन् । बिहीबारको छलफल कार्यक्रममा ‘अब बनाउनु छ नाडा, सबै अटोमोबाइल्स व्यवसायीको साझा’ भन्ने नारा तय गरिएको छ ।

‘अन्नपूर्ण आरोहणको हीरक महोत्सव’

चिया निर्यात ४६ प्रतिशतले वृद्धि

कृषिमा डिजिटल हस्तक्षेपः ‘कनेक्ट किसान’ एपमार्फत प्रविधिको सहारामा समाधानको य…

लोडसेडिङ हल्ला मात्रै, आजबाट भारतलाई ७३१ मेगावाट बिधुत निर्यात सुरु

थाइल्यान्डमा खुल्यो दुई लाख उत्पादन क्षमता भएको चांगानको इभी प्लान्ट

अर्थमन्त्री पौडेल र नवनियुक्त गभर्नर पौडेलबीच भेटवार्ता
नवनियुक्त गभर्नर पौडेलले लिए शपथ

प्रतिक्रिया