कांग्रेस प्रतिनिधिको कार्डमा आधिकारिक छाप भेटिएन

सुर्खेत - नेपाली कांग्रेसको प्रथम प्रदेश अधिवेशनमा प्रतिनिधिहरूलाई दिएको प्रतिनिधि कार्डमा आधिकारीक हस्ताक्षर नभएको पाइएको छ । कार्डमा पार्टीको लेटर हेड भए पनि आधिकारिक छाप नभएको सहभागीहरूले गुनासो गरेका छन् ।
अहिले डिजिटल युगमा पनि कार्डमा आधिकारीक हस्ताक्षर नहुनु लापरबाही भएको कालिकोटबाट सहभागी एक प्रतिनिधिले बताए । ‘कार्डमा आधिकारीक हस्ताक्षर छैन । यो शुल्क लिएर कार्ड त राम्रो दिनुपर्यो नि’, उनले प्रश्न गरे, ‘आधिकारीक हस्ताक्षर नभएको कार्डलाई कसरी आधिकारिक मान्ने ?’ अधिवेशनमा भाग लिन आएका प्रतिनिधिहरूले अधिवेशनको व्यवस्थापन कमजोर भएको सहभागीहरूको भनाइ छ । प्रतिनीधिहरूले बासस्थानदेखि अधिवेशनस्थलसम्म व्यवस्थित नभएको आरोप लगाएका छन् ।
‘हामीलाई यति फोहोर भएको होटलमा बसालियो । जहाँ खाना बस्न र सुत्नलायक हाेटल थिएन । पैसा बढी लिएर भए पनि राम्रो ठाउँमा राखेको भए हुन्थ्यो,’ हुम्ला हिमा गाउँपालिकाबाट प्रदेश प्रतिनिधिमा चयन भएका एक सहभागीले भने, ‘मैले महाधिवेशनमा सहभागी हुन दुई हजार रूपैयाँ शुल्क तिरेको छु ।’ बासस्थानका लागि हाेटलको व्यवस्थापन कमजोर भएको सहभागीहरूको गुनासो छ ।

बालुवाटारमा प्रधानमन्त्री ओलीसहित तीन दलका शीर्ष नेताको छलफल

कमल थापाको प्रधानमन्त्री ओलीलाई कटाक्षः सुशासन,भ्रष्टाचार गर्दिन, गर्न दिन्न भन्ने…

‘विकास भएको छैन भन्नु भ्रम हो’

घुस काण्डमा मुछिएका मन्त्रीलाई बर्खास्त गर्न कांग्रेस महामन्त्री थापाको माग

सम्पत्ति शुद्धीकरणबारे प्रचण्डको आशंका

खानेपानी नदिएको भन्दै केयुकल कार्यालयमा लगाईयो ताला

गृहमन्त्रीले दिए प्रधानमन्त्रीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डल बाहेक अरूलाई…

प्रतिक्रिया