सिंहदरबारको चमेना गृहमा गुणस्तरहीन खाना खुवाएको पाइयो
चार महिनामा ४४४ उजुरी

काठमाडौँ- सिंहदरबारको चमेनागृहले आगन्तुक तथा सेवाग्राहीलाई गुणस्तरहीन खाना खुवाउने गरिएको पाइएको छ । मन्त्रालयले आफू अनुकुलका मानिसलाई बोलाएर चमेनागृह जिम्मा सञ्चालकले बेवास्ता गर्ने गरेको केन्द्रको ठहर छ । केन्द्रले चमेनागृह सञ्चालन सम्बन्धी मापदण्ड निर्माण गर्न समिति गठन भएको पत्रकार सम्मेलनमा राष्ट्रिय सतर्कता केन्द्रका सचिव दिनेशकुमार घिमिरेले बताए ।
बिहीबार राष्ट्रिय सतर्कता केन्द्रको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा साउनदेखि कात्तिक मसान्तसम्ममा कार्यालयमा ४ सय ४४ वटा उजुरी परेकोमा सिंहदरबार परिसरमा रहेको चमेनागृहले गृणस्तरहीन खाना र बिना सरसफाई खाना खुवाउने गरिएको जानकारी गराइएको छ ।
चालु आर्थिक वर्षमा मा विभिन्न सरकारी निकाय तथा सार्वजनिक संस्थानको ४ सय ४४ वटा उजुरी परेको छ । चार महिनामा १ सय ५६ उजुरी परेको मुद्दाको फर्छयौट भएको घिमिरेले जानकारी दिए । उनकाअनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा १६ वटा र तामेलीमा १ सय वटा मुद्दा छन् । ' ४० वटा मुद्दालाई सुधार गर्नलाई निर्देशन दिइसकेको छ,' उनले भने ।
केन्द्रमा परेको उजुरीमा सिंहदरबार परिसर भित्र सञ्चालित चमेना गृहहरूले प्रचलित नियमअनुसार सञ्चालन नगरेको उपलब्ध खाना गुणस्तर नभएका जस्ता उजुरी परेको छ । जिरीको गाई आनुवांशिक श्रोत केन्द्रको जग्गा कर्मचारी र भू-माफियाहरूको संलग्नता छ ।
निजी विद्यालयका पुस्तक प्रकाशकहरूले कम गुणस्तरको किताब प्रकाशित गरेको घिमिरेले जानकारी दिए । पाठ्यक्रम अनुसार छपाई नगरी प्रकाशकले वितरण गरेको उनले बताए । तारागाउँ विकास समितको जग्गा पदाधिकारी र मन्त्रालयको मिलेमतोमा २० करोडसम्मको घोटाला भएको घिमिरेले बताए ।
त्यसैगरी रेडियो नेपालको जग्ग भाडा तथा प्रवेश सेवामा समेत अनियमितता भएको उनको भनाइ छ । नेपाल टेलिभिजनको स्याटालाईट व्यान्डविथ खरिदमा अनियमितता भएको समेत केन्द्रले ठहर गरेको छ ।
व्यान्डविथ खरिद प्रकरणमा नेपाल टेलिभिजनले प्रतिस्पर्धा नगरी खरिद प्रक्रिया अगाडि बढाएको थियो । केन्द्रले खरिद प्रक्रियामा प्रतिस्पर्धा फराकिलो बनाउन निर्देशन दिएको उनको भनाइ छ ।

महरा प्रकरणमा जोडिएकी शाही मृत फेला

सगरमाथा आरोही प्रनानि शेर्पा बढुवाको दर्ज्यानी चिन्हद्वारा सुशोभित

विपद व्यवस्थापन न्यूनीकरण गर्न पूर्वाधार तयार भइरहेको छः मेयर महर्जन

निजामती कर्मचारीहरुको सामान्य प्रशासन मन्त्रालयमा धर्ना

शौचालयमा लडेर भारतीय पर्यटकको मृत्यु

बल्खुबाट लागुऔषधसहित ४ जना पक्राउ

एआईजी आचार्यको अवकाश

प्रतिक्रिया