उदयपुरमा गाँजासहित दुई युवा पक्राउ

उदयपुर - चौदण्डीगढी नगरपालिका- ४ नमूना चोकबाट दुई युवा गाँजासहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका- ९ कमलपुर बस्ने वर्ष २६ को रूपेश सदा र वर्ष २९ को जीबछ मण्डल रहेको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमले बताए ।
बुधबार साँझ बेल्टारबाट सप्तरीको फक्तेपुरतर्फ जाँदै गरेका उनीहरूलाई बेल्टारस्थित इलाका प्रहरी कार्यलयका प्रहरीले पक्राउ गरेको हो । बेलका नगरपालिका क्षेत्रबाट मदन भण्डारी मार्गहुँदै सप्तरीको फत्तेपुरतर्फ स ११ प १७९ नम्बरको मोटरसाइलमा जाँदै गरेका उनीहरूलाई बुधबार साँझ गस्तीमा रहेको प्रहरीले खानतलासी गर्दा करिव एक केजी गाँजा फेला पारेको थियो ।
व्यवसायिक रूपमा गाँजा ओसारपसार गर्दै आएका दुवै जनालाई बिहीबार जिल्ला अदालतबाट म्याद थप गराइ थप अनुसन्धान गरेर लागुऔषध विरूद्धको मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले बताएको छ ।

महानगर यातायातले सुरु गर्यो विद्युतीय बस सेवा

भरतपुर अस्पतालको सेफ्टी ट्यांकीमा खसेर पाँच बर्षीया बालिकाको मृत्यु

नेपालमा पनि धर्म परिवर्तन केन्द्र खोल्ने योजनामा थिए छांगुर बाबा

ज्यान मार्ने उद्योगमा ६ वर्षदेखि फरार आरोपी पक्राउ

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

पहिरोमा पुरिएर श्रीमान श्रीमतीको मृत्यु

म्याग्दीमा रहेको खानेपानी तथा ढल व्यवस्थापन आयोजना पोखरामा गाभिदै

प्रतिक्रिया