वीरगञ्जमा ‘मेड इन नेपाल’ प्रदर्शनी

वीरगञ्ज – वीरगञ्जमा मेड इन नेपाल प्रदर्शनी हुने भएको छ । स्वदेशी उद्यम र उत्पादन प्रवद्र्धन गर्ने उद्देश्यले फागुन १२ देखि १५ गतेसम्म उक्त प्रदर्शनी हुने भएको हो । नेपाली युवा उद्यमी फोरम (एनवाइइएफ) वीरगञ्ज र आर्थिक अभियान दैनिकको सहकार्यमा मोफसलमै पहिलो पटक यस्तो प्रदर्शनी हुन लागेको छ ।
वीरगञ्जको आदर्शनगरस्थित पुरानो बसपार्क रहेको खाली स्थानमा प्रदर्शनी आयोजना गरिने एनवाइइएफका अध्यक्ष अनुप अग्रवालले जानकारी दिए । स्वदेशी उद्यम र उत्पादन प्रवद्र्धनको उद्देश्यले आयोजना हुन लागेको प्रदर्शनीमा विभिन्न उत्पादनका लागि करिब १ सय ३० वटा कक्षको व्यवस्था मिलाइने आयोजकले बताएको छ ।
प्रदर्शनीमा स्वदेशमा उत्पादित औद्योगिक उत्पादन, सेवा व्यवसाय, घरेलु तथा हस्तकलाका उत्पादन, प्रविधि, स्थानीय कला संस्कृति, साहित्य, स्थानीय खानाका परिकारलगायतको प्रदर्शनी गरिने आयोजकले जानकारी दिएको छ । -रासस

गाजा दहमा थपिए पर्यटकीय पूर्वाधार

विदेशबाट फर्किएर च्याउखेतीमा रमाउँदै अजित भुजेल

पर्यटकका रोजाइमा भोजपुरको डाग्बुङ पदमार्ग

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

मर्मतपछि कुलेखानी तेस्रोद्वारा विद्युत उत्पादन सुरु

पर्यटन क्षेत्रमा आन्तरिक तथा वाह्य लगानी भित्र्याउन हरेक स्थानीय तहले पहल गर्नुपर्…

नबिल बैंकको पाँचौ प्रायोरिटी बैंकिङ लाउञ्ज बौद्ध शाखामा

प्रतिक्रिया