मोरङका दुई मेयर कांग्रेस सचिवमै पराजित

विराटनगर- नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत मोरङमा भएको चुनावमा दुई मेयर पराजित भएका छन् । सचिव पदमा दुई मेयर पराजित भएका हुन् । सुन्दरहरैँचा नगरपालिकाका मेयर शिवप्रसाद ढकाल र रतुवामाई नगरपालिकाका मेयर रविन राई पराजित भएका हुन् ।
सचिवमा संस्थापन समूहबाट उठेका सुन्दरहरैँचा नगरपालिकाका मेयर ढकालले एक हजार ८४ मत प्राप्त गरे भने संस्थापनइतर समूहबाट बागी उठेका रतुवामाई नगरपालिकाका मेयर राईले ४५५ मत मात्र प्राप्त गरेका छन् ।
जिल्ला सचिवमा संस्थापनइतर समूहका मोदराज घिमिरे र ललितबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । घिमिरेले एक हजार २३५ मत प्राप्त गरे भने श्रेष्ठले एक हजार ५६९ मत प्राप्त गरे ।
जिल्ला उपसभापतिमा संस्थापनइतर पक्षबाट नागेश कोइराला र भक्तिनाथ माझी थारू निर्वाचित भए । कोइरालाले एक हजार ९४० मत पाएका थिए भने थारूले एक हजार ३४३ मत मात्र प्राप्त गरे । सहसचिवमा भुवनेश्वर मण्डल र सञ्जयकुमार मण्डल निर्वाचित भएका छन् ।
सभापतिका संस्थापन इतरका डिकबहादुर लिम्बूले सभापतिमा जितेका छन् । सभापतिमा संस्थापन पक्षका दिलीप गच्छदारलाई हराउँदै लिम्बू विजयी बनेका थिए ।
गत १२ मंसिरमा भएको चुनावमा उठेको लिम्बू ,गच्छदार र यदु बिष्टले ५१ प्रतिशत मत नल्याएपछि १४ गते पुनः चुनाव भएको थियो । अन्य पदाधिकारी तथा सदस्यहरूको भने १२ गते आइतबार चुनाव भएको थियो ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया