मुख्यमन्त्रीले विश्वासको मत लिएपछि प्रदेशसभाको अधिवेशन अन्त्य

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिएपछि प्रदेशसभाको बैठक अन्त्य गरिएको छ । मुख्यमन्त्री शाहीले विश्वासको मत लिएपछि कर्णाली प्रदेशसभाको नवौं अधिवेशन अन्त्य भएको हो ।
मुख्यमन्त्री शाहीले विश्वासको मत लिने प्रयोजनका लागि १४ मंसिरमा आव्हान गरिएको हिउँदे अधिवेशन १५ मंसिर मध्यराति १२ बजेबाट अन्त्य गरिएको छ । मुख्यमन्त्री शाहीले १४ गते संसदमा विश्वासको मत मागेका थिए । उनले १५ गते विश्वासको मत लिएका थिए । हिउँदे अधिवेशनका दुईवटा अधिवेशनमा प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले) सहभागी भएन ।
प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले बुधबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

प्रतिक्रिया