समाजसेवामा सक्रिय अभिनेता प्रशान्त गिरी

काठमाडौँ - 'बाउन्सर' रिलिज पश्चात अमेरिका पुगेका अभिनेता प्रशान्त गिरी यतिबेला नेपालमा छन् । नेपाल फर्केर उनी अहिले समाजसेवामा सक्रिए भएका छन् । उनले केहीदिन पहिले काभ्रे पुगेर आफूले अध्यन गरेको विद्यालयलाई प्रिन्टिङ्ग लगायतका सामाग्रीसहित विद्यालय रंङ्गरोगन र सरसफाइका लागि ६० हजार नगद सहयोग गरेका छन् ।
नेपाल फर्केर गिरी पेट्रोलिय पदार्थ र रेष्टुरेन्ट व्यवसायमा समेत सक्रिय भएका छन् । उनी अब चाँडै सिनेमा निर्माण तथा अभिनयमा पनि फर्किने तयारीमा छन् । उनले 'बाउन्सर' रिलिज लगत्तै निर्माण घोषणा गरेका सिनेमा 'बजरंगी'को काम अगाडि बढाउने तयारीमा छन् ।
'थ्याक्यु'बाट नेपाली सिनेमामा डेव्यु गरेका गिरी हरर सिनेमा 'साइना'मा मुख्य अभिनेताको रुपमा काम गरेका थिए । अब आफू 'बजरंगी'बाट निर्माण र अभिनयमा फर्किने तयारी गरिररहेको उनले बताए । यो सिनेमाको हाल स्क्रिप्टको काम भैरहेको र अर्को वर्षको मध्येबाट छायांकन थाल्ने गिरीले बताए । उनी अमेरिकामा पनि ग्याँस र लिक्युड लगायतका व्यवसायमा सक्रिय छन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया