प्रेम परियार र प्रियारानी लामाको 'यो मुटु त तिम्रै हो ' सार्वजनिक

धरान - बालगायकको रुपमा एक समय निक्कै चर्चामा आएका गायक प्रेम परियारले दस वर्षपछि युवा गायकको रुपमा आफ्नो नयाँ गीत 'यो मुटु त तिम्रै हो' म्युजिक भिडियोसहित सार्वजनिक गरेका छन्। यंग माइन्ड्स इन्टरटेनमेन्टको प्रस्तुति तथा हरिदेवी कोइरालाको निर्माण रहेको गीतको म्युजिक भिडियोमा डिमन क्षेत्री र सुप्रिया खनालसंगै प्रिया रानी लामाको अभिनय रहेको छ ।
मोडल तथा कोरियोग्राफरको रुपमा चर्चित प्रियारानी लामा अहिले म्युजिक भिडियोमा समेत आफूलाई सक्रिय बनाउँदै छिन्। म्युजिक भिडियोमा प्रियारानी लामाले नेगेटिभ भूमिकामा अभिनय गरेको हेर्न पाइन्छ। राजेश थापाको संगीत र विष्णु निरौलाको शब्द रहेको गीतको भिडियोको छायाँकार सागर प्रधान, सम्पादन शिलन लम्साल र निर्देशन मुनाल शिशिर कोइरालाले गरेका छन्।

संगीत पारखीका लागि 'जुनकिरी'

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

प्रतिक्रिया