बेपत्ता प्रहरी जवान साउद पनि मृत भेटिए

धनगढी : कैलालीको धनगढीमा बेपत्ता प्रहरी जवान रामबहादुर साउद पनि मृत भेटिएका छन् । अस्थायी प्रहरी पोष्ट जुगेडामा कार्यरत जवान साउदको शव पनि प्रहरी सहायक निरिक्षक गोविन्द बिकको शव भेटिएकै क्षेत्रमा फेला परेको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिंहले साउदको शव बिक मृत फेला परेको स्थानभन्दा दुई सय मिटर टाढा मोहना नदीमा भेटिएको बताए ।
र, यो पनि
- असईं हत्या : कैलालीमा काजमा खटाइए एसपी देउवा
- 'अन्तै हत्या गरेर असइको शव नदीमा'
- गस्ती गएका प्रहरी बेपत्ता, एक मृत फेला
गत शनिबार प्रहरी सहायक निरिक्षक विकसँगै गस्तीमा गएका प्रहरी जवान साउद पनि बेपत्ता भएका थिए । विकको आइतवार विहान शव फेला परेको थियो । उनीहरुको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले १६ जना पक्राउ गरेको छ भने पक्राउ परेका केहीले प्रहरी जवान र असईको हत्या अन्तै गरेर नदीमा फालेका बयान प्रहरी समक्ष दिएको स्रोतको दावी छ ।

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

वर्षौंदेखि अधुरा रहेका चार पुल निर्माण अन्तिम चरणमा

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

प्रतिक्रिया