लागूऔषधसहित दुई जना पक्राउ

विराटनगर - लागूऔषसहित प्रहरीले बुधबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१५ बस्ने २१ वर्षीय विशाल खड्का रहेको प्रहरीले जनाएको छ ।
उनलाई विराटनगर महानगरपालिका–१५ बाट नियन्त्रित लागूऔषधसहित प्रहरीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई लागूऔषध नियन्त्रण ब्यूरोको प्रहरी टोलीले जाँच गर्नेक्रममा ३० ट्याब्लेट नाइट्रोसन, २० एम्पुल लुपिजेसिक, २० एम्पुल एभिल, १० एम्पुल डाईजेल्याब, १० एम्पुल फेनारगन र १० एम्पुल डाईजेपामसहित पक्राउ गरेको हो ।
यस्तै वीरगञ्ज महानगरपालिका–१६ शंकराचार्य गेटबाट नियन्त्रित लागूऔषध ३० ट्याब्लेट नाईट्राभेटसहित सुर्खेत वीरेन्द्रनगर नगरपालिका–८ बस्ने ३३ वर्षीय विजय खरेललाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई प्रहरी चौकी इनरुवा खटिएको प्रहरीले जाँच गर्नेक्रममा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

महरा प्रकरणमा जोडिएकी शाही मृत फेला

सगरमाथा आरोही प्रनानि शेर्पा बढुवाको दर्ज्यानी चिन्हद्वारा सुशोभित

विपद व्यवस्थापन न्यूनीकरण गर्न पूर्वाधार तयार भइरहेको छः मेयर महर्जन

निजामती कर्मचारीहरुको सामान्य प्रशासन मन्त्रालयमा धर्ना

शौचालयमा लडेर भारतीय पर्यटकको मृत्यु

बल्खुबाट लागुऔषधसहित ४ जना पक्राउ

एआईजी आचार्यको अवकाश

प्रतिक्रिया