विश्व बैंकका परियोजनाबारे छलफल

काठमाडौँ - श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयल र विश्व बैंकका देशीय प्रतिनिधिमण्डलबीच छलफल भएको छ । मन्त्री कृष्ण श्रेष्ठ र विश्व बैंकको नेपाल, मालदिभ्स र श्रीलंका लागि निर्देशक फारिस हदाद जेर्भोससहितका अधिकारीबीच बैंकले लगानी गरेका विकास परियोजनाको प्रगति समीक्षा एवम् प्रभावकारीताबारे छलफल भएको हो ।
मन्त्री श्रेष्ठको कार्यकक्षमा बुधबार भएको बैठकमा प्रधानमन्त्री रोजगार कार्यक्रमलाई अझ प्रभावकारी तुल्याउने, त्यसलाई दिगो रोजगारीसँग जोडने, बेरोजगार, विपन्न तथा लक्ष्यित वर्गका लागि उपयोगी पूर्वाधार विकास गर्ने तथा बजारको मागअनुसार जनशक्ति आपूर्ति गर्ने सम्बन्धमा विचारविमर्श भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
उक्त अवसरमा मन्त्री श्रेष्ठले श्रम रोजगारी तथा सीप तालिमलाई एकीकृतरूपमा सञ्चालन गर्न स्थानीय तहमार्फत नमूना सेवा केन्द्रको सञ्चालन गर्ने र सबै स्थानीय तहमा विस्तार गर्ने सरकारी योजनाबारे जानकारी दिए । देशीय निर्देशक जेर्भोसले नेपालमा थप रोजगारमूलक कार्यक्रम, त्यससम्बन्धी नीति, क्षमता अभिवृद्धि तथा सेवा प्रवाहमा सुधार हुने गरी प्राविधिक सहायता परिचालन गर्न विश्व बैंक तयार रहेको बताए ।

‘अन्नपूर्ण आरोहणको हीरक महोत्सव’

चिया निर्यात ४६ प्रतिशतले वृद्धि

कृषिमा डिजिटल हस्तक्षेपः ‘कनेक्ट किसान’ एपमार्फत प्रविधिको सहारामा समाधानको य…

लोडसेडिङ हल्ला मात्रै, आजबाट भारतलाई ७३१ मेगावाट बिधुत निर्यात सुरु

थाइल्यान्डमा खुल्यो दुई लाख उत्पादन क्षमता भएको चांगानको इभी प्लान्ट

अर्थमन्त्री पौडेल र नवनियुक्त गभर्नर पौडेलबीच भेटवार्ता
नवनियुक्त गभर्नर पौडेलले लिए शपथ

प्रतिक्रिया