अपांगता भएकाको समस्या बाहिर ल्याउन पत्रकारलाई कलम वितरण

जुम्ला - अपांगता भएका व्यक्तिका सवाल उठान गर्न अनुरोध गर्दै पत्रकारलाई कलम वितरण गरिएको छ । राष्ट्रिय अपांग महासंघ नेपालले डिसेम्बर ३ मा परेको ३० औं अन्तर्राष्ट्रिय अपांगता दिवस अवसरमा पत्रकारहरूलाई कलम वितरण गरेको हो ।
‘हाम्रो प्राथमिकताको आधार अपांगता भयका व्यक्तिको अधिकार’ भन्ने मूल नाराका साथ यस वर्षको अन्तर्राष्ट्रिय अपांगता दिवस भव्यताका मनाइँदै छ । अपांगता भएका व्यक्तिलाई कोरोनाले पारेको प्रभावका विषयमा कलम चलाउनु पर्ने राष्ट्रिय अपांग महासंघ नेपाल कर्णाली प्रदेश अध्यक्ष विष्णु शर्माले बताए ।
संघीयतापछि अपांगता भएका व्यक्ति उपेक्षामा गरेको उनले बताए । अध्यक्ष शर्माले राजनीतिक पहुँचको आधारमा सपाङ्गता भएका व्यक्तिलेसमेत अपांगता भएका व्यक्तिको सेवा सुविधा लिने गरेको दुखेसो गरे । राष्ट्रिय अपांग महासंघ नेपालले कर्णालीमा मात्रै कूल जनसंख्याको ४ प्रतिशत नागरिक अपांगता भएको जनाएको छ ।

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

करेन्ट लागेर कामदारको मृत्यु

रोटरी न्यातपोलको अध्यक्षमा बिष्णुकान्त घिमिरे, कफीखेती प्रवर्द्धन गर्न किसानसँग स…

मिनी ट्रकमा ठोक्किदा स्कुटर चालकको मृत्यु

नदीले बगाउँदा एक जनाको मृत्यु

सामाजिक कार्यमा लायन्स क्लब अफ नेपाल हिमालय एक दशकदेखि सक्रिय हुँदै

गलत तरिकाले चिया पिइरहनु भएको त छैन ?

प्रतिक्रिया