उद्योगमैत्री वातावरण बनाऔं : प्रदेश प्रमुख शेरचन

रुपन्देही - लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले उद्योगमैत्री वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् । रुपन्देही उद्योग संघको ४४ औं स्थापना दिवसका अवसरमा बुधबार बुटवलमा आयोजित उद्योगी सम्मान तथा उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार ०७७ वितरण समारोहमा उनले यस्तो बताएका हुन् ।
नेपालमा औद्योगिक क्षेत्रको विकासका लागि राजनीतिक दल र उद्योगीमा रहेको परनिर्भर भावनाको अन्त्य हुनुपर्ने उनले धारणा राखे । प्रदेश प्रमुख शेरचनले राष्ट्रिय अर्थतन्त्रको निर्माण र स्वदेशी श्रमको सदुपयोग अहिलेको राष्ट्रिय आवश्यकता रहेको बताउँदै वास्तविक धरातलमा बसेर चिन्तन गर्नुपर्ने बेला भएको बताए ।
राष्ट्रिय पूँजीको संरक्षण र विकासका लागि नीतिगतरूपमा स्पष्ट हुँदै वास्तविक राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न आग्रह गर्दै उनले प्रतिस्पर्धाको युगमा आफूलाई त्यसैअनुसार उभ्याउन सक्नुपर्ने बताए ।

‘अन्नपूर्ण आरोहणको हीरक महोत्सव’

चिया निर्यात ४६ प्रतिशतले वृद्धि

कृषिमा डिजिटल हस्तक्षेपः ‘कनेक्ट किसान’ एपमार्फत प्रविधिको सहारामा समाधानको य…

लोडसेडिङ हल्ला मात्रै, आजबाट भारतलाई ७३१ मेगावाट बिधुत निर्यात सुरु

थाइल्यान्डमा खुल्यो दुई लाख उत्पादन क्षमता भएको चांगानको इभी प्लान्ट

अर्थमन्त्री पौडेल र नवनियुक्त गभर्नर पौडेलबीच भेटवार्ता
नवनियुक्त गभर्नर पौडेलले लिए शपथ

प्रतिक्रिया