चितुवाको छालासहित तीन जना पक्राउ

काठमाडौँ - चितुवाको छालासहित प्रहरीले बुधबार तीन जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-९ स्थित एयरपोर्ट सेकुवा कर्नरबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका-३ बस्ने नुवाकोट शिवपुरी गाउँपालिका-२ का २८ वर्षीय विशाल तामाङ, सोही ठाउँका ३२ वर्षीय विनोद तामाङ र गोकर्णेश्वर नगरपालिका-३ बस्ने चितवन राप्तीको ४२ वर्षीय कामी सिंह स्याङ्तान छन् ।
उनीहरूका साथबाट करिब दुई फिट दुई इञ्च लम्बाइ र सात इञ्च चौडाइ भएको एक थान चितुवाको छाला बरामद भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । एयरपोर्ट क्षेत्रमा केही व्यक्तिले दुर्लभ चितुवाको छाला अवैधरूपमा बिक्री वितरण गर्नको लागि लुकाई राखेको छ भन्ने सूचनाको आधारमा खोजतलासका लागि महानगरीय अपराध महाशाखा मीनभवनबाट प्रहरी टोली खटाइएको थियो । उक्त टोलीले बुधबार उनीहरूलाई चितुवाको छालासहित फेला पारी पक्राउ गरेको हो । बरामद छालासहित आवश्यक कारबाहीका लागि उनीहरूलाई जिल्ला डिभिजन वन कार्यालय काठमाडौंमा पठाइएको महाशाखाले जनाएको छ ।

महरा प्रकरणमा जोडिएकी शाही मृत फेला

सगरमाथा आरोही प्रनानि शेर्पा बढुवाको दर्ज्यानी चिन्हद्वारा सुशोभित

विपद व्यवस्थापन न्यूनीकरण गर्न पूर्वाधार तयार भइरहेको छः मेयर महर्जन

निजामती कर्मचारीहरुको सामान्य प्रशासन मन्त्रालयमा धर्ना

शौचालयमा लडेर भारतीय पर्यटकको मृत्यु

बल्खुबाट लागुऔषधसहित ४ जना पक्राउ

एआईजी आचार्यको अवकाश

प्रतिक्रिया