कांग्रेस प्रदेश १ अधिवेशनको भोलि उद्घाटन, शनिबार निर्वाचन

विराटनगर - नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तरगत भोली बिहीबार प्रदेश १ को अधिवेशन उद्घाटन हुने भएको छ । अधिवेशनका लागि १४ वटै जिल्लाबाट १ हजार ७ सय प्रतिनिधि आउँदैछन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रदेश अधिवेशन आयोजक समितिका संयोजक कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा अधिवेशन तयारीको प्रगति समीक्षा गर्न बुधबार बसेको बैठकले आवश्यक सवै तयारी पुरा भएको निश्कर्षमा पुगेको हो । प्रदेश अधिवेशन प्रचार समितिका संयोजक एवं कांग्रेस संसदीय दलका नेता राजिव कोइरालाका अनुसार अधिवेशन विराटनगर–२ शंकरपुरस्थित मैदानमा बिहीबार २ बजे उद्घाटन हुँदैछ ।
पहिलो प्रदेश अधिवेशनबाट एक अध्यक्ष, दुई उपाध्यक्ष, दुई महामन्त्री, एक महिलासहित तीन सह–महामन्त्री, हरेक जिल्लाबाट महिला १४ र खुला १४ जना सदस्य, प्रत्येक निर्वाचन क्षेत्रबाट ६ महिला र १३ खुला सदस्य, खसआर्यबाट महिला ७ र खुला ५ सदस्य चुनिनेछन् । त्यसैगरी जनजातिमा महिला ७ र खुला ८, मधेशी महिला १ र खुला १, दलित महिला १ र खुला २, थारु महिला १ र खुला १, मुस्लिममा खुला १, अल्पसंख्यक र अपांगमा १/१ सदस्य पद चुनिंदैछन् ।
प्रदेश अधिवेशनबाट चुनिने पदाधिकारी र सदस्य पदका लागि शुक्रबार बिहान ८ बजेदेखि १ बजेसम्म नेपाली कांग्रेस मोरङको पार्टी कार्यालयमा उमेदवारी दर्ता हुने जनाइएको छ । विधान अनुसार पहिलो पटक पार्टीको सांगठानिक संरचनालाई कांग्रेसले प्रदेश अधिवेशनमार्फत संघीय ढाँचामा लैजाँदैछ । पहिलो प्रदेश अधिवशेन नजिकिएका कारण कांग्रेसका नेता कार्यकर्ताहरुले आ–आफ्नो उम्मेदवारी पनि घोषणा गरिरहेका छन् ।

प्रकाशमान सिंहको पहलपछि बबरमहल र मिनभवनमा लिफ्टसहितको आकाशेपुल बन्दै

नेपालमा लगानीका लागि सुरक्षित र विश्वसनीय वातावरण आवश्यकः सभापति देउवा

आगामी आमनिर्वाचनमा आफ्नो पार्टीबाहेकको चुनाव चिन्हमा मत हाल्ने अवस्था आउँदैनः …
एमालेमा आफ्नो भूमिकाबारे केन्द्रीय कमिटीले निर्णय गर्नेछः भण्डारी

सीपयुक्त युवा नै समृद्ध राष्ट्रका आधारस्तम्भ: नेता नैनसिंह महर

७८ लाख घुस काण्डमा मुछिएका मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा

विचौलियाले मन्त्रीक्वाटरमा घुसको ब्रिफकेस छाड्छन्, हामी कांग्रेस साक्षी किनाराका…

प्रतिक्रिया