भरुवा बन्दुकसहित एक जना पक्राउ

संखुवासभा - संखुवासभाको पाँचखपन नगरपालिका–५ बाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचखपन नगरपालिका–५ खमारेका ५६ वर्षीय रामबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक जीवन गौतमले जानकारी दिए ।
प्रहरी निरीक्षक गौतमकाअनुसार राईले बिनालाइसेन्स भरुवा बन्दुक लुकाएर राखेको गोप्य सूचनाका आधारमा खमारे बाट पक्राउ गरिएको बताए ।
जिल्ला प्रहरी कार्यालय संखुवासभा र इलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरी टोलीले राईलाई मंगलबार पक्राउ गरेको हो । बन्दुकसहित पक्राउ परेका राईमाथि हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

महानगर यातायातले सुरु गर्यो विद्युतीय बस सेवा

भरतपुर अस्पतालको सेफ्टी ट्यांकीमा खसेर पाँच बर्षीया बालिकाको मृत्यु

नेपालमा पनि धर्म परिवर्तन केन्द्र खोल्ने योजनामा थिए छांगुर बाबा

ज्यान मार्ने उद्योगमा ६ वर्षदेखि फरार आरोपी पक्राउ

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

पहिरोमा पुरिएर श्रीमान श्रीमतीको मृत्यु

म्याग्दीमा रहेको खानेपानी तथा ढल व्यवस्थापन आयोजना पोखरामा गाभिदै

प्रतिक्रिया