कृषि क्षेत्र विकास गर्न सरकार प्रतिबद्ध : मन्त्री यादव

काठमाडौँ - कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्रराय यादवले कृषि क्षेत्रको विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । कृषि पत्रकार महासंघ नेपालले बुधबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री यादवले मुलुकको समृद्धिका लागि योगदान पुर्याउने गरी कृषि क्षेत्रको उत्पादन वृद्धि गर्न सरकार लागि परेकोसमेत दाबी गरे । मुलुकलाई कृषि क्षेत्रको उत्पादनमा बढावा दिँदै मुलुकलाई समृद्ध बनाउने अभियानमा योगदान पुर्याउन सम्बन्धित सबै पक्षलाई सहयोग गर्न पनि आग्रह गरे । कृषि उत्पादन बढाउनका लागि सरकारले प्रांगारिक मलको उत्पादन बढाउन चाहेको मन्त्री यादवले स्पष्ट पारे ।
‘कृषि क्षेत्र विकासका लागि हामी चिन्तित छौं । देशको समृद्धिका लागि, उत्पादन वृद्धिका लागि सरकारको जुन संकल्प छ त्यसलाई पूरा गर्न हाम्रो मन्त्रालय अघि बढ्छ । यसका लागि सबैको सहयोग आवश्यक छ,’ उनले भने ।

‘अन्नपूर्ण आरोहणको हीरक महोत्सव’

चिया निर्यात ४६ प्रतिशतले वृद्धि

कृषिमा डिजिटल हस्तक्षेपः ‘कनेक्ट किसान’ एपमार्फत प्रविधिको सहारामा समाधानको य…

लोडसेडिङ हल्ला मात्रै, आजबाट भारतलाई ७३१ मेगावाट बिधुत निर्यात सुरु

थाइल्यान्डमा खुल्यो दुई लाख उत्पादन क्षमता भएको चांगानको इभी प्लान्ट

अर्थमन्त्री पौडेल र नवनियुक्त गभर्नर पौडेलबीच भेटवार्ता
नवनियुक्त गभर्नर पौडेलले लिए शपथ

प्रतिक्रिया