बालसहित्य प्रवर्द्धनका लागि कार्यशाला गोष्ठी सम्पन्न

काठमाडौँ - बालसाहित्य प्रवर्द्धनका लागि पञ्चवर्षीय योजना निर्माण कार्यशाला गोष्ठी काठमाडौंमा सम्पन्न भएको छ । लेखनसम्बन्धी विभिन्न क्षेत्रमा आवद्ध व्यक्तिको सहभागितामा नेपाल बालसाहित्य समाज र ‘रुम टु रिड’को आयोजनामा कार्यशाला सम्पन्न भएको हो ।
सहभागीले नेपालमा बाल साहित्य प्रवर्द्धनका लागि पञ्चवर्षीय योजनाको खाका निर्माण गरेका छन् । कार्यशालामा आआफ्नो क्षेत्रमा विज्ञ सात विधामा विभाजित समूहले कार्यपत्र प्रस्तुत गरेको छ ।
बालसाहित्यको माध्यमबाट बालबालिकामा सिर्जनशील क्षमताको विकास, बालपुस्तकको उपलब्धता,व्यवस्थापन र प्रयोग, बालसाहित्य र पाठ्यपुस्तकबीचको समन्वय, बालपुस्तकको वितरण बजार, स्थानीय स्तरमा बालसाहित्यको प्रयोग र स्थानीय निकायको भूमिका, बालसाहित्य सिर्जना र सञ्चार माध्यममा बालसाहित्य गरी सात समूहमा विभाजित समूह विषेशज्ञले आवश्यक योजनाको खाका तयार पारेका छन् ।
नेपालमा बालसाहित्यको क्षेत्र प्राथमिकतामा नपर्दा बालबालिकाका लागि आवश्यक रुचिकर विधा नै ओझेलमा परिरहेको सन्दर्भमा बाल साहित्यको विधालाई स्थापित गर्न र बालबालिकालाई पढ्ने बानीको विकास गर्न यो कार्यशाला उपयोगी रहेको प्रा.डा. चुडामणि बन्धुले बताए । कार्यशाला गोष्ठीबाट तयार भएको पञ्चवर्षीय योजनाको खाकालाई चाँडै अन्तिम रूप दिएर सरकारलाई बुझाइने नेपाल बालसाहित्य समाजले जनाएको छ ।

गौशालाका लागि १७ रोपनी जग्गा प्रदान

प्रधानमन्त्री रोजगार कार्यक्रमः बाँझो बारीमा आलुखेती

सगरमाथा संवादमा होला त जलवायु लगानीको जोहो ?

मखनटोलमा लागेको आगो निभाइयो

‘नेपालमा कृषि बिमा’ सम्बन्धी पुस्तक बजारमा

ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु

तामाखानी उत्खननका लागि खोजतालस सुरु

प्रतिक्रिया