चीन आठ वर्षपछि विश्वकै ठूलो अर्थतन्त्र बन्ने

काठमाडौं : चीन सन् २०२८ सम्ममा विश्वकै ठूलो अर्थतन्त्र बन्ने एक अध्ययनले देखाएको छ । कोभिड–१९ (कोरोना भाइरस) महामारीले विश्व अर्थतन्त्रलाई नै दिर्घकालिन असर पुर्याएको भनिएको बेला बेलायती थिङ्क ट्याङ्क सेन्टर फर इकोनोमिक्स एन्ड बिजनेस रिसर्च (सिइबिआर) ले चीनले प्रतिद्वन्द्वी अमेरिकालाई उछिन्ने प्रक्षेपण गरेको हो ।
कोरोनाका कारण सिर्जित परिस्थितिलाई चीनले प्रभावकारी ढङ्गले सम्हालेको तर पश्चिमा मुलुकले त्यसो गर्न नसकेका कारण हालको दोस्रो ठूलो अर्थतन्त्रले विश्वकै ठूलोमा रुपान्तरण हुने अनुमान गरिएको हो । यसअघिको प्रक्षेपणका अनुसार चीन सन् २०३४ मा मात्रै विश्वको ठूलो अर्थतन्त्र बन्ने बताइएको थियो ।
सीइबीआरका अनुसार चीनले सन् २०२१ देखि २५ सम्म ५.७ प्रतिशत र २०२६ देखि ३० सम्म ४.५ प्रतिशतको आर्थिक बृद्धिदर (सरदरमा) हासिल गर्नेछ । उता अमेरिकाको आर्थिक बृद्धिदर सन् २०२२ देखि २०२४ सम्म १.९ प्रतिशतमा सीमित हुने देखिन्छ भने त्यसपछिका वर्षमा घटेर १.६ प्रतिशत पुग्नेछ ।
हाल विश्वको तेस्रो ठूलो अर्थतन्त्र रहेको जापानले भने सन् २०३० दशकको सुरुवाती वर्षहरू सम्ममा मात्र आफ्नो स्थान सुरक्षित राख्न सक्नेछ । त्यसपछि, जापानलाई भारतले उछिन्ने र जर्मनी विश्वको पाँचौ ठूलो अर्थतन्त्रमा सिमित हुने सिइबिआरको भनाइ छ । त्यसैगरी, हाल पाँचौ ठूलो अर्थतन्त्र रहेको बेलायत सन् २०२४ मा छैठौंमा झर्ने बताईएको छ । -रोयटर्स

नुनकाे ढिकाेका कारण पाकिस्तानसँग झुक्नु पर्ने हुन्छ भारतले

अष्ट्रेलियामा बिपक्षी नेताले नै हारे चुनाव, २० बर्ष पछि लेवर पार्टी बहुमतमा

अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोड बराबरको सैन्य सहयोग घोषणा

गाजामा इजरायली आक्रमण : तीन शिशुसहित ११ जनाको मृत्यु

दक्षिण कोरियाको कन्जरभेटिभ पार्टीद्वारा राष्ट्रपति पदका लागि उम्मेदवार घोषणा

भारतको गोवामा मन्दिरमा भागदौड मच्चिँदा छ जनाको मृत्यु, ५० जनाभन्दा बढी घाइते

क्यानडाको चुनावमा २२ पञ्जावी विजयी, संघीय संसदमा ६ प्रतिशत प्रतिनिधित्व

प्रतिक्रिया