कर्णालीका मुख्यमन्त्रीले शाहीले पाए विश्वासको मत
सुर्खेत - कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाएका छन् । बुधबार कर्णाली प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीले माओवादी, कांग्रेस, नेकपा एकिकृत समाजवादी र राप्रपा गरि २२ जना सांसदको समर्थन पाएका हुन् ।
सत्ता समीकरण अनुसार माओवादीका १२, कांग्रेसका ६, नेकपा समाजवादीका ३ र राप्रपाका १ गरि २२ जना सांसदले मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएका हुन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका कुनै पनि सांसद प्रदेशसभा बैठकमा उपस्थित भएनन् ।
प्रतिपक्षी सांसदले मतदान नगरेपनि मुख्यमन्त्री शाहीले विश्वासको मत पाएका हुन् । गएको कात्तिक १६ गते मुख्यमन्त्रीको शपथ खाएका शाहीले ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने प्रावधानका कारण आज विश्वासको मत लिएका हुन् ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया