सर्वोच्चमा किन तोकिएन कार्यवाहक प्रधानन्यायाधीश ?
काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा विरामी हुँदै अस्पताल भर्ना भएका छन् । तर सर्वाेच्च अदालतमा कार्यबाहक प्रधानन्यायाधीश तोकिएको अवस्था छैन । चरम विवादको घेरामा तानिएका प्रधानन्यायाधीश राणा कोभिड–१९ संक्रमण मंगलबारदेखि भर्ना हुन् । राणाको राजीनामा माग्दै झण्डै चालीस दिनदेखि अदालत ठप्प छ ।
राणालाई कोभिड भएपछि स्वभाविक रुपमा मानवीय सम्बन्ध विच्छेद भएको छ । उनले अस्पतालबाटै न्यायालय चलाउन मिल्छ ? भन्ने प्रश्न उब्जिएको छ । यद्यपि सर्वाेच्च अदालत बुधबारदेखि गोला प्रथामा गएपछि प्रधानन्यायाधीशको ‘मुद्दा तोक्ने’ महत्वपूर्ण अधिकार कटौति भइसकेको छ । इजलास तोक्नेदेखि मुद्दा तोक्नेसम्म गोला प्रथाबाटै हुन्छ, जहाँ प्रधानन्यायाधीश उपस्थिति जरुरी हुँदैन । तर, न्याय प्रशासन निम्ति कार्यबाहक तोक्दै अधिकार तोक्नुपर्ने हुन्छ ।
सर्वाेच्च अदालतका प्रवक्ता बाबुराम दाहाल ‘प्रधानन्यायाधीशले पूर्णतः विदा लिएको अवस्थामा मात्र कार्यबाहक तोकिने’ उल्लेख गर्छन् । उनका अनुसार, प्रधानन्यायाधीश नेपाल बाहिर जाँदा मात्रै कायममुकायम तोक्ने प्रचलन छ । ‘प्रधानन्यायाधीश विरामी भए पनि नेपालभित्रै हुनुहुन्छ’ दाहालले भने, ‘नेपाललै रहँदा कार्यबाहक तोक्ने प्रचलन छैन । लामो समय विदामा गएमा वा विदेश गएमा कार्यबाहक तोक्ने प्रचलन चाहिँ छ ।’

मध्यरातमा सर्वोच्चको फैसला : संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्ध परेको रिट …

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया