बुधबार ०७ जेठ, २०८२
Wednesday, May 21, 2025

यस वर्षको सेजन अवार्ड पत्रकार रमेश न्यौपाने र सुनिता कार्कीलाई

वरिष्ठ पत्रकार राजीव उपाध्याय र अच्युत वाग्लेलाई सम्मान

काठमाडौँ - यस वर्षको आर्थिक पत्रकारिता पुरस्कार (सेजन अवार्ड) हिमाल खबर पत्रिकाका रमेशकुमार न्यौपाने र अन्नपूर्ण पोष्टकी सुनिता कार्कीले प्राप्त गरेका छ्न् । सेजनले हरेक वर्ष वितरण गर्दै आएको सेजन अवार्ड यस वर्ष न्यौपाने र कार्कीले पाएका हुन् । 

यस्तै सेजनका पूर्व उपाध्यक्ष स्वर्गीय संजय न्यौपानेको स्मरणमा स्थापित संजय न्यौपाने फेलोसीप कारोबार दैनिककी पत्रकार सरस्वती ढकाल र सेजन–हाइड्रो सोलुसन फेलोसीप नागरिक दैनिकका पत्रकार हिमाल लम्साललाई दिइएको छ ।

त्यस्तै सेजनले वरिष्ठ पत्रकारद्धय राजीव उपाध्याय र डा. अच्युत वाग्लेलाई सम्मान गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले अवार्ड र सम्मान हस्तान्तरण गरेका थिए । आर्थिक पत्रकार समाज सेजन स्थापना भएको २५ वर्ष पूरा भएको अवसरमा बुधबार सेजनले होटल मेरियटमा रजत जयन्ती मनाउँदै सेजन अवार्ड र सम्मान वितरण गरेको हो ।